नेभिगेसन मेनु

प्रधानमन्त्री प्रचण्डले जेठ १८ मा भारतीय समकक्षी मोदीसँग वार्ता गर्ने
सम्पादक:南亚网络电视
समय:2023-05-27 18:01

Prachanda-Puspakamal-dahal

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।

भारत भ्रमणको तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा जानुहुनेछ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधि मण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नुहुने छ ।

वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै  भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उहाँको प्रतिनिधि मण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्नुहुने छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने छ ।

यसैगरी, प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शङ्कर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड जेठ २० मा काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोसराेबरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर