नेभिगेसन मेनु

बग्न थाल्यो मध्यपहाडीको अलकत्रा
सम्पादक:南亚网络电视
समय:2023-05-10 13:04

Untitled-1 (6)

मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुमपश्चिमको मुसीकोट खण्डमा कालोपत्रे सडकमा अलकत्रा बग्न थालेको छ । गर्मी बढेसँगै मुसीकोट नगरपालिका–३, खरखरे क्षेत्रको सडकमा अलकत्रा बग्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ । 

मुसीकोट नगरपालिका–३ का वडाध्यक्ष दशरथ केसीले एक महिनायता सडकबाट अलकत्रा निस्कन थालेको र कालोपत्रेसमेत उप्किन थालेको बताउनुभयो । 

उहाँले कालोपत्रेको गुणस्तरको मापदण्ड सार्वजनिक हुनुपर्नेमा जोड दिनुभयो । बग्न थालेको अलकत्राका कारण दिनहुँ आवतजावत गर्ने सवारीसाधन दुर्घटनाको जोखिममा रहेको समेत वडाध्यक्ष केसीले बताउनुभयो । वडाध्यक्ष केसीका अनुसार सवारीसाधनका टायर सडकमै जाम हुने भएकाले दुर्घटनाको थप जोखिम बढेको छ । 

मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर युवराज पोखरेलले जाडो समयमा कालोपत्रे गरेको र अहिले गर्मीका कारण सडक तातिएर अलकत्रा निस्किएको बताउनुभयो । उहाँका अनुसार अलकत्रा बढी परेको ठाउँमा गर्मी मौसममा यस्तो खालको 

समस्या आउने गर्छ । ठेकेदार कम्पनीले अहिलेलाई अलकत्रा निस्किएको तथा बगेको ठाउँमा बालुवा वा मसिनो गिट्ठी हालेर समस्या समाधान गरेको छ ।

उक्त सडक क्षेत्र ठेकेदार कम्पनीबाट आयोजना कार्यालयलाई हस्तान्तरण नभएकाले निर्माण कम्पनीले नै मर्मतको काम गर्ने उहाँको भनाइ छ । यस विषयमा उक्त सडकखण्डमा काम गरिरहेको यति बिल्डर्स निर्माण कम्पनीका भीमराज केसीले जाडो समयमा कालोपत्रे गर्ने क्रममा केही ठाउँमा अलकत्रा बढी परेर अहिले बाहिर निस्किएको बताउनुभयो । 

चिसोमा अलकत्रा नजम्ने डरले अलि बढी प्रयोग गरिएको तर अहिले सडक तातिएर अलकत्रा पोखिन थालेको उहाँको भनाइ छ । उक्त क्षेत्रको करिब पाँच किलोमिटर सडक गत मङ्सिरमा कालोपत्रे गरिएकाले केही स्थानमा त्यस्तो समस्या आएको र अहिले बालुवा राखेर समस्या समाधान गरिरहेको केसीले बताउनुभयो । अलकत्रा नबगोस् र सवारीसाधनको टायरमा अलकत्रा नलागोस् भनेर बालुवा हालिएको बताइन्छ । 

सडकखण्ड निर्माणकै क्रममा रहेको छ । पूर्ण रूपमा सडक दुरुस्त बनाएर मात्र हस्तान्तरण गरिने बताइन्छ । आयोजना कार्यालयसँगको सम्झौता अवधि सकिनुअघि नै काम सम्पन्न गर्नुपर्ने भएकाले जाडोयाममै कालोपत्रे गर्नु परेको कम्पनीले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर