नेभिगेसन मेनु

‘सार्वजनिक शिक्षा सुधार अनिवार्य’– नेता सिंह
सम्पादक:南亚网络电视
समय:2023-05-03 12:16

aaa

नेपाली काँग्रेसका नेता तथा काठमाडौँ क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले सबै बालबालिका शिक्षाको पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधार गर्नुपर्ने बताउनु भएको छ । 

बुधवार त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको प्रयोगशाला भवन निर्माणको शिलान्यास गर्दै सिंहले केही सामुदायिक विद्यालयले दिएको स्तरीय शिक्षाकै कारण पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको पनि बताउनुभयो । सामुदायिक विद्यालयले स्तरीय शिक्षा दिन नसकेका कारण अभिभावकले बाध्य भएर निजी विद्यालयमा नानीबाबु पढाउनुपरेको बताउँदै सिंहले भन्नुभयो, “ तर हिजोआज सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण निकै बढेको छ । यसको ज्वलन्त उदाहरण विश्व निकेतन स्कुल बनेको छ । अन्य स्कुललाई पनि यस्तै बनाउन हामी सबैको पहल आवश्यक छ ।”

सामुदायिक विद्यालयमा राज्यको लगानी बढ्नुपर्ने पनि सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो निर्वाचन क्षेत्रमा मैले सामुदायिक विद्यालयको लागि प्रशस्तै लगानी गरेको छु । आउने दिनमा पनि विश्व निकेतन लगायत अन्य स्कुलको सुधारको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।”

कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालय सुधारको लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा मात्रै २२ करोड रुपियाँ लगानी गरिएको जानकारी दिनुभयो । सामुदायिक विद्यालयको स्तर उकास्न पुस्तकालय, प्रयोगशाला लगायत सूचना प्रविधिको विस्तारमा लगानी गर्नुपर्ने श्रेष्ठले बताउनुभयो । 

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नमुना विद्यालयको लागि छुट्टाएको तीन करोड रुपियाँको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणको लागि मन्त्रालयले चार करोड रुपियाँ छुट्टाएको भए पनि टेन्डर प्रक्रियामा जाँदा तीन करोड रुपियाँमै निर्माण गर्न ठेकेदारले कबुल गरेका हुन् । 

उक्त भवनमा १४ वटा कोठा हुनेछ । ती कोठालाई प्रयोगशाला तथा सूचनाप्रविधको विस्तारमा प्रयोग गरिनेछ । विश्व निकेतन पछिल्लो समय विद्यार्थीको उच्च आकर्षण भएको सामुदायिक विद्यालयको रूपमा परिचित छ । यहाँ हाल चार हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थी पढिरहेको सहायक प्रधानाध्यापक केदार दाहालले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर