नेभिगेसन मेनु

मलामीको मृत्यु भएपछि अरनिको राजमार्ग अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2023-05-02 13:04

adg

काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१३ भैसेपाटीमा मलामी आएका एक व्यक्तिको बाटो पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्ग अन्तर्गतको साँगा–बनेपा सडक खण्ड अवरुद्ध भएको छ । 

मङ्गलबार बिहान करिब साढे दुई बजेको समयमा बा ६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय अन्दाजी ६२ वर्षीय बालकृष्ण बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालयले बनेपाले जनाएको छ । 

मोटरसाइकलको ठक्करबाट घाइते हुनुभएका बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बुढाथोकीका आफन्त तथा छिमेकीले बाइक चालकको पहिचान हुनुपर्ने माग राख्दै अरनिको राजमार्ग अन्तर्गतको साँगा–बनेपा सडक खण्ड अवरुद्ध गरेका हुन् । प्रहरीका अनुसार बुढाथोकीलाई ठक्कर दिने बाइक चालक फरार रहेको जनाएको छ । प्रहरीले बाइक चालकको खोजी कार्य भइरहेको जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर