नेभिगेसन मेनु

सुरु भयो रारा घुम्ने समय
सम्पादक:南亚网络电视
समय:2023-03-28 14:37

Untitled-1 (3)

 नेपालको सबभन्दा ठूलो रारा ताल घुम्ने मौसम सुरु भएको छ । अन्य मौसमभन्दा चैतदेखि असारसम्म रारामा भ्रमण गर्न उपयुक्त मानिन्छ ।

काठमाडौँबाट रारा तालको अवलोकन गर्न आएका अनिल श्रेष्ठले यो समयमा राराको मौसम राम्रो पाएको बताउनुभयो । “रारामा आकाशको रङसँगै छिनछिनमा तालको रङ बदलिँदो रहेछ, पानी कहिले नीलो बन्छ, कहिले कालो, कहिले सेतो, रङसँगै पानीको रङ फेरिँदो रहेछ,” उहाँले भन्नुभयो । आकाशमा मडारिने बादलको छाया तालमा पर्दा र बिहान पानी स्थिर भएका बेला तालमा हिमालको छाया टल्किँदा रारा झनै मनमोहक भएको उहाँको अनुभव छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार रारा हेर्न आउने समय चैतदेखि असारसम्म उपयुक्त हुने जनाएको छ । 

कार्यालयका प्रमुख विष्णुबाबु श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको फागुनको मसान्तसम्म तीन हजार ७०१ आन्तरिक र १०५ विदेशी पर्यटक रारा घुम्न आएका छन् ।

रारा ताल दुई हजार ८८० मिटरको उचाइमा अवस्थित छ । १६७ मिटर गहिरो, ५ दशमलव १ किमि लम्बाइ र २ दशमलव ७ किमि  चौडाइमा फैलिएको छ । ताल किनारको लम्बाइ १४ दशमलव ६ किमि छ । हिँडेर तालको फन्को मार्न सात घण्टा लाग्छ । रारामा साइक्लिङ गर्न र घोडामा घुम्न मिल्छ तर रारामा पौडी खेल्न र नुहाउन पाइन्न । 

ताल क्षेत्रमा रारा महादेव, छाब्रु महादेव, लगुडा मन्दिर छन् । तालको पूर्वतिर छायानाथ हिमाल पर्छ । छायानाथसँगै ऋणीमोक्ष चुलीमा वर्षैभरि हिउँ रहन्छ । 

स्थानीय समाजसेवी रूपबहादुर मल्लले राराको पर्यटन प्रवद्र्वनमा तीन तहका सरकारले प्राथमिकतामा नपारेको बताउनुभयो । “नियमित उडान, भरपर्दो मोटरबाटो र सुविधायुक्त होटलजस्ता पूर्वाधार छैनन्, अर्को कुरा राराको मार्केटिङ भइसकेको छैन । रारामा योग र ध्यान केन्द्र बन्न सक्छ, त्यतापट्टि कसैको ध्यान गएको छैन,” उहाँले भन्नुभयो ।

पर्यटन व्यवसायी दुर्गा रावलले जुम्लाबाट रारा हुँदै खप्तड, डोल्पा र हुम्लासम्म पुग्ने पद मार्गमा पूर्वाधार विकास गरी मार्केटिङ गर्न सके लामो पद यात्रा गर्न चाहने पर्यटक पनि आकर्षित हुन सक्ने बताउनुभयो । “यसका लागि राराबाट छायानाथ, ऋणीमोक्ष तीर्थस्थलसम्म पद मार्ग निर्माण हुन जरुरी छ,” उहाँले भन्नुभयो ।

छायानाथ रारा नगरपालिकाले राराको पर्यटन प्रवद्र्वनका लागि विभिन्न कार्यक्रमको तयारी गरिरहेको नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो । उहाँका अनुसार निकट भविष्यमा यहाँका युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले होटल, पर्यटक पथप्रदर्शन र  पर्यटन व्यवसायसँग सम्बन्धित अन्य तालिम दिने योजना नगरपालिकाको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर