नेभिगेसन मेनु

जाजरकोटमा बढ्दो आत्महत्या
सम्पादक:南亚网络电视
समय:2023-03-10 16:40

1

जाजरकोट : भेरी नगरपालिका–६ का वडाध्यक्ष शशीराम बुढाकी श्रीमतीले घरमै केही दिनअघि आत्महत्या गरिन्। केही महिना पहिले बारेकोट गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी अधिकृत छैटौं पदमा कार्यरत स्वास्थ्यकर्मी वीरराज सिंहकी छोरी १८ बर्षिया सुजाता सिंहले पनि सदरमुकाम खलंगास्थित घरमै आत्महत्या गरिन्। यी त केही प्रतिनिधिमूलक घटनामात्र हुन्।

पछिल्लो समय जाजरकोटमा आत्महत्या गर्नेको संख्या बढेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्ष हालसम्म ९ जनाले आत्महत्या गरेका छन्। जसमा ५ महिला ३ पुरुष र १ बालक छन्। पछिल्लो ६ वर्षमा ७२ जनाले आत्महत्या गरेका छन्। 

समग्र तथ्यांकमा झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढी रहेको छ। आर्थिक वर्ष २०७४÷७५ मा ५ जनाले आत्महत्या गरेका थिए। जसमा एकजना पुरुष र ४ जना महिलाले आत्महत्या गरेका थिए। आर्थिक २०७५÷७६ मा ७ जनाले आत्महत्या गरेका छन्। जसमा २ महिला ४ पुरुष र १ जना बालक छन्।

त्यसैगरी आव २०७६÷७७ मा ५ जनाले आत्महत्या गरेका छन्। जसमा एक पुरुष ३ महिला र एक बालक रहेका छन्। आर्थिक वर्ष २०७७÷७८ मा २८ जनाले आत्महत्या गरेका छन्। जसमा १२ जना पुरुष ७ महिला २ बालक ७ बालिका छन्। गत आव २०७८÷७९ मा १७ जनाले आत्महत्या गरेका छन्। जसमा ९ पुरुष ५ महिला १ बालक र २ बालिका रहेका छन्।पछिल्लो ६ वर्षको अवधिमा ७२ जनाले आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक सन्तोष रोकामगरले जानकारी दिए। आत्महत्या गर्नेको संख्या वृद्धि हुँदै जानु निकै गम्भीर विषय रहेको रोेकाले बताए। 

‘जाजरकोटमा आत्महत्याको संख्या बढिरहेको र यसलाई रोक्न प्रहरीले सातवटै पालिकामा तालिमको व्यवस्था गरिरहेको छ’, उनले भने । कम उमेरमै विवाह गर्ने, अशिक्षा गरिबीका कारण आत्महत्याका प्रमुख कारण भएको प्रहरी नायव उपरीक्षक रोकाले बताए। सामान्य घरायसी विवाद, मायाप्रेममा हुने धोका आदिले आत्महत्या गर्नेको संख्या बढी रहेको उनको भनाइ छ। 

आत्महत्या गराउन सक्ने तरिकामा पहुँच घटाउने, मानसिक समस्या भएका बिरामीको उपचार गर्ने विगतका आत्महत्याका प्रयासका कुरा गरेर वर्तमान अवस्थाको मूल्यांकन गर्ने, मिडियाले पनि जिम्मेवारीपूर्वक सामग्री प्रसारण गर्ने कार्यले केही हदसम्म कम गर्न सकिने प्रहरीको भनाइ छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर