नेभिगेसन मेनु

घाँटी रेटिएको अवस्थामा पुरुष मृत फेला
सम्पादक:南亚网络电视
समय:2023-03-15 13:48

dead-body-child

सुर्खेत, चैत १ गते । घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा हिजो (मङ्गलबार) अपराह्न ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले मृत भेटिएका पुरुष विनपा–१० दीपनगर बस्ने वर्ष ४१ को ध्रुवजङ्ग शाही भएको जानकारी दिनुभयो ।

प्रहरीलाई परिवारले दिएको बयान अनुसार मृतक शाही यस अघि गाडी चलाउनुुुहुन्थ्यो भने केही दिन अघि विदेश जाने तयारीमा हुनुहुन्थ्यो । उहाँ मङ्गलबार बिहान १० बजेतिर घरबाट निस्किनुभएको थियो ।

मानवबस्तीबाट करिब ५० मिटर दूरीमा बाँसझाङ नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रवक्ता शाहीले घटनाको प्रकृति हेर्दा कसैले उहाँको हत्या गरेको हुनसक्ने आशङ्का गर्नुभएको छ । प्रवक्ता शाहीका अनुसार शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । आफन्तको जाहेरीपछि पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान हुने बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर