नेभिगेसन मेनु

फुङ्लिङका बुहारीहरूलाई कम्प्युटर शिक्षा
सम्पादक:南亚网络电视
समय:2023-02-10 13:18

Buhari-Computer1-Taplejung

ताप्लेजुङ, माघ २६ गते । ताप्लेजुङमा आदिवासी जनजाति समुदायका बुहारी (विवाहित महिला) लाई कम्प्युटर शिक्षा प्रदान गर्न थालिएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –५ ले वडाभित्रका बुहारीलाई कम्प्युटर शिक्षा प्रदान गर्न थालेको हो । 

वडा कार्यालयले बुहारी अर्थात् विवाहित महिलालाई कम्प्युटरको पहुँचमा पु¥याउने उद्देश्य राखेर कम्प्युटर शिक्षा दिन थालेको हो । प्रविधिको विकाससँगै अहिले कम्प्युटर शिक्षा अनिवार्यजस्तै हुँदै गएपछि विवाहित महिलालाई कम्प्युटर सिकाउन थालिएको फुङ्लिङ नगरपालिका –५ का वडाध्यक्ष सोजित श्रेष्ठले बताउनुभयो । 

हरेक काममा कम्प्युटरको प्रयोग हुन थालेकाले बुहारी अर्थात् विवाहित महिलामा पनि कम्प्युटर ज्ञान हुन आवश्यक रहेको महशुसगरी तालिम आयोजना गरिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । वडा कार्यालयले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको एक लाख ५० हजार रुपियाँ रकमबाट तालिम सुरु गरिएको हो । 

यसअघि आधारभूत कम्प्युटर शिक्षा लिएका २० जना बुहारीलाई सहभागी गराई बुधबारदेखि डिप्लोमा कोर्ष सिकाउन सुरु गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले फुङ्लिङस्थित इमेज कम्प्युटर इन्स्टिच्युटसँग सम्झौता गरेर कम्प्युटर शिक्षा प्रदान गर्न थालिएको बताउनुभयो । आधारभूत तालिम पनि पहिले वडा कार्यालयले नै प्रदान गरेको थियो ।

यता, डिप्लोमा कोर्ष अर्थात् कम्प्युटर शिक्षा क्षमता अभिवृद्धि तालिमको फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले उद्घाटन गर्नुभयो । तालिम लिनेमा वडाभित्रका राई, लिम्बू, तामाङ, गुरुङ, नेवार, मगर, भुजेललगायत आदिवासी जनजाति समुदायका विवाहित महिला छन् । डिप्लोमा कोर्ष तीन महिनाको हुने इमेज कम्प्युटर इन्स्टिच्युटका सञ्चालक राजकुमार गुरुङले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर