नेभिगेसन मेनु

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल मधेश प्रदेशको नेतृत्वमा यादव
सम्पादक:南亚网络电视
समय:2023-02-28 13:55

asdgad

बर्दिबास, फागुन १६ गते । स्थानीय तहका जनप्रतिनिधिको छाता सङ्गठन गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जवाहरलाल यादवको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । 

१५ सदस्सीय कार्यसमितिको उपाध्यक्षमा पटेर्वा सुगौली गाउँपालिका पर्साकी ममता महतो चयन हुन भएको छ । कार्यसमितिको सचिवमा बरियारपट्टी सिराहाका सन्तोषकुमार महतो, सहसचिवमा बसवरिया सर्लाहीकी सरिताकुमारी साह तथा कोषाध्यक्षमा विन्दवासिनी पर्साकी ज्योति चौरसिया हुनुहुन्छ । 

गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश समन्वय समितिका अधिकृत मनोजकुमार साहका अनुसार  मधेस प्रदेशका ८ जिल्लामा रहेका गाउपालिकामा प्रतिनिधित्व गर्ने दल तथा पद सङ्ख्याको आधारमा सिट बाँडफाँट गरी नयाँ कार्यसमिति चयन गरिएको हो । स्थानीय तहको पछिल्लो निर्वाचनमा मधेसका ५९ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका ११८ पदमा नेपाली काँग्रेसले ४३, जसपाले ३३, एमालेले १८, लोसपाले १२, माओवादीले ६ तथा जनमत पार्टीले २ स्थान जितेको थियो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर