नेभिगेसन मेनु

सङ्घीयतालाई संस्थागत गरे मधेसको विकासमा कायापलट हुन्छ : अध्यक्ष यादव
सम्पादक:南亚网络电视
समय:2023-02-01 12:26

upendra_yadav_hW3tPB0aYm

बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सघायतालाई संस्थागत गर्न सके तराई मदेसको विकासमा कायापलट हुने बताएका छन् । बाराको करैयामाई गाउँपालिकास्थित उमजनमा तयार सिचाई योजनाको शिलान्यास गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् । 

यादवले सङ्घीयतालाई संस्थागत हुन नदिने खेल सुरु भएको भन्दै यस तर्फ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए ।  ठुला दलहरुले तराई मधेसको विकासमा आनाकानी गर्ने गरेको प्रति लक्षित गर्दै यादवले एक पटक क्रान्तिको बिगुल फुक्ने वातावरण सृजना गर्नुपने बताए । 

मधेस प्रदेश सरकारको करिब २१ करोड लागतमा निर्माण हुने सो सिचाई योजनाबाट सो क्षेत्रका करिब १२ सय बिगाहा खेतीयोय जमिनमा सिचाई हुने बताइएको छ । छठिया निर्माण सेवा बाराले सो ठेक्का सकार गरेको छ । 

कार्यक्रममा जसपाका संसदीय दलका नेता रामसहाय प्रसाद यादव, मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एसका जिल्ला अध्यक्ष विजेन्द्र चौधरी लगायतको सहभागिता थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर