नेभिगेसन मेनु

बालुवाटारमा राष्ट्रपतिको उम्मेदवार चयनलगायतका विषयमा छलफल हुँदै
सम्पादक:南亚网络电视
समय:2023-02-12 12:57

Untitled-1 (1)

काठमाडौं, माघ २९ गते । समसामयिक राजनीतिक विषय र सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका सम्बन्धमा छलफल हुने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । 

त्यसैगरी, बैठकमा मन्त्रिपरिषद् पूर्णताबारे यसअघिको बैठकमा पनि छलफल भएकाले आज पनि त्यसमा छलफल हुने भएको छ । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर