नेभिगेसन मेनु

काभ्रेपलाञ्चोकमा खेलकुद महोत्सव हुँदै
सम्पादक:南亚网络电视
समय:2023-02-02 13:19

IMG_20230201_142819

काभ्रेपलाञ्चोक, माघ १८ गते । काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक बृहत खेलकुद महोत्सवको आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा शुक्रबारदेखि पनौतीस्थित क्षेत्रीय रङ्गशालामा खेलकुद महोत्सव हुने भएको हो । 

बुधबार पनौतीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुद महोत्सवको बारेमा जानकारी दिइएको हो । जिल्लामा पहिलो पटक हुन लागेको खेलकुद महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुनेछ । जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले खेलकुद महोत्सव अन्तर्गत सञ्चालन हुने विभिन्न खेलका लागि हालसम्म एक हजार ४९४ खेलाडिले नाम दर्ता गर्नुभएको बताउनुभयो । 

“काभ्रेपलाञ्चोक जिल्ला खेलकुदमा अब्बल छ, यो जिल्लाले राम्रा खेलाडिहरु उत्पादन गर्छ भन्ने सन्देश दिनका लागि पनि खेलकुद महोत्सवको आयोजना गरेका हौँ” गौतमले भन्नुभयो । उहाँले खेलकुद महोत्सवलाई सफल रुपमा सम्पन्न गर्न सबै निकायसँग समन्वय गर्ने काम भइरहेको बताउनुभयो । 

उहाँले यस पटक लोपोन्मुख भइरहेका कबड्डी लगायतका खेललाई प्रबर्धन गर्ने काम हुने बताउनुभयो । उहाँले सम्भव भएसम्म डन्डीबियो खेल खेल्ने खेलाडिको खोजी भइरहेको बताउनुभयो ।

खेलकुद महोत्सवका लागि करिब पन्ध्र सय खेलाडिले नाम दर्ता गरे पनि कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी, शिक्षकबीच मैत्रीपूर्ण खेल हुने बताउनुभयो । मैत्रीपूर्ण खेलमा समेत गर्दा करिब दुई हजारले सहभागिता जनाउने समन्वय प्रमुख गौतमले बताउनुभयो । २४ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा कबड्डी, कराँते, भलिबल, फुटबल, बुद्धिचाल, एथलेटिक्स्, तेक्वान्दोलगायत खेलहरु हुनेछन् । 

महोत्सवमा जिल्लाको पनौती नगरपालिकाबाट ४३८, बनेपाबाट ३८१ जना, धुलिखेलबाट १२७ जना, पाँचखालबाट १४७ जना, मण्डनदेउपुरबाट ३५ जना, नमोबुद्धबाट ८२ जना खेलाडिले सहभागिता जनाउनेछन् । यस्तै, रोशीबाट ५६ जना, चौरीदेउरालीबाट २९ जना, भुम्लु गाउँपालिकाबाट १२ जना, बेथानचोकबाट १०२ जना, महाभारतबाट १८ जना, खानीखोलाबाट ४३ जना र तेमाल गाउँपालिकाबाट २७ खेलाडिले सहभागिता जनाउनेछन् । 

खेलकुद महोत्सवमा १३ वटा खेलमा १३२ जनालाई स्वर्ण पदक, १३२ जनालाई रजत र १९४ जनालाई कास्य पदकसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक खेलमा पहिलो हुनेलाई नगद ३० हजार, दोस्रोलाई नगद २० हजार र तेस्रोलाई नगद १० हजार प्रदान गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामाले बताउनुभयो । उहाँले खेलको सबै तयारी पूरा भएको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर