नेभिगेसन मेनु

कार्यसम्पादनमा चौरजहारी पहिलो
सम्पादक:南亚网络电视
समय:2023-01-18 13:21

Untitled-1 (2)

रुकुमपश्चिमका छवटा स्थानीय तहमध्ये चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा अगाडि देखिएको छ। आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा  सबैभन्दा बढी अङ्क ल्याएर चौरजहारी नगरपालिका प्रथम भएको हो। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको देशभरिका ७५३ वटै स्थानीय तहको कामका आधारमा मूल्याङ्कन गर्ने अनलाइन प्रणालीका आधारमा हुने कार्यसम्पादन मूल्याङ्कनअन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली र स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कन प्रणाली पर्छन्। यसअन्तर्गत गत आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणालीमा १०० मा ८७.२५ अङ्क प्राप्त गरी चौरजहारी नगरपालिका जिल्लामा प्रथम भएको हो।

दोस्रो स्थानमा आठबिसकोट नगरपालिका परेको छ। आठबिसकोटले ८३.५ अङ्क प्राप्त गरेको छ। सानीभेरी गाउँपालिकाले ७०.५, मुसीकोट नगरपालिकाले ६९.७५, बाँफीकोट गाउँपालिकाले ६२.२५ नम्बर पाउँदा सबैभन्दा कम त्रिवेणी गाउँपालिकाले ५८ अङ्क पाएको छ। 

त्यसैगरी स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कन प्रणालीमा पनि चौरजहारी नगरपालिका नै पहिलो भएको छ। उसले यसमा ७२ अङ्क पाएको छ। बाँफीकोट गाउँपालिका र सानीभेरी गाउँपालिकाले समान ६५, मुसीकोट नगरपालिकाले ६४, आठबिसकोट नगरपालिकाले ५९ र त्रिवेणी गाउँपालिकाले यसमा पनि सबैभन्दा कम ४७.५ अङ्क पाएको छ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर