नेभिगेसन मेनु

सात पटक म्याद थप्दा पनि बनेन सडक
सम्पादक:南亚网络电视
समय:2023-01-04 18:47

IMG20201225092126-1609470300

सुर्खेत– पाँच वर्ष पहिला निर्माण सुरू गरिएको रुकुम पश्चिम मुसीकोट नगरपालिकामा रहेको शीतलपोखरी(झुल्खेत(चुन्वाङ सडकखण्डको म्याद सात पटक थप गरिएपनि ठेकेदार सम्पर्कविहीन भएका छन् ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सञ्चालित उक्त सडकखण्ड निर्माणका लागि पि।एच।रएस।एम।एन।एस। जेभीले जिम्मा लिएको थियो । ०७४ सालमा निर्माण सुरु गरिएको उक्त सडकखण्डको काम ठेकेदार कम्पनीको कारण बेलैमा हुन नसकेको आयोजना कार्यान्वयन इकाई रुकुमपश्चिमका व्यवस्थापक टंकप्रसाद खनालले जानकारी दिए ।

जम्मा १८ किलोमिटर लामो सडकखण्ड दुई वर्षमा निर्माण सम्पन्न गर्नका सुरुमा निर्माण कम्पनीसँग ०७४ सालमा सम्झौता भएको थियो । समयमै काम सम्पन्न हुन नसकेपछि शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागले आगामी जेठ ११ गतेसम्म अन्तिम म्याद राखेर सातौ पटक म्याद थप गरेको आयोजना प्रमुख खनालले जानकारी दिए । निर्माण कम्पनीका प्रमुख हेमराज गुभाजुसँग बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको उनले बताए । ठेकेदारलाई सम्पर्कमा आउन र समयमै काम सम्पन्न गर्न आयोजना कार्यालयले सार्वजनिक रुपमै सूचना प्रकाशन गरेको समेत जनाईएको छ ।

आयोजना कार्यालयका अनुसार निर्माण कम्पनीले भ्याट सहित ८९ करोड ८० लाखको लागतमा शीतलपोखरी(झुल्खेत(चुन्वाङ र बालुवा(नयगाड जामाबगर(त्रिवेणी सडकखण्ड निर्माणका लागि सम्झौता गरेको थियो । हालसम्म सम्झौताको ६७ प्रतिशत भौतिक र करिब ४६ प्रतिशत वित्तिय प्रगति भएको आयोजना व्यवस्थापक खनालले उल्लेख गरे । शीतलपोखरी(झुल्खेत(चुन्वाङ सडकखण्डको १८ किलोमिटर सडकमध्य १५।५ किलोमिटर भूभागमा ट्रयाक खोलेर गाडि समेत सञ्चालन हुने गरेका छन् । जंगल र भिरको भूगागमा ट्रयाक खोल्न बाँकी रहेको छ । ठेकेदार कम्पनीले हालसम्म उक्त सडकखण्डको ६ किलोमिटरसम्म बेस कालोपत्रे र १३ किलोमिटर सडकको बेस र नाली निर्माण सम्पन्न गरिसक्नुपर्ने भएतापनि काम नै सुरु भएको छैन ।

गत असारमा सकिएको म्याद पुनः थप गरेपछि ठेकेदार कम्पनी निर्माणस्थलमा नआएको मुसीकोट नगरपालिका(१० का वडा अध्यक्ष धनबहादुर खड्काले बताए । तीब्र गतिमा हुनुपर्ने काममा ठेकेदारको लापरबाही भएको उनले बताए । सडकको ट्रयाक खोलिएको गलमपाटी गाउँसम्म सदरमुकामबाट वर्षायाम बाहेक नियमित गाडी आउजाउ हुने गरेको वडा अध्यक्ष खड्काले जानकारी दिए । वर्षाको अवधिभर सडकखण्डको विभिन्न भागमा आएको पहिरोले बाटो अवरुद्ध भएको र वडा कार्यालयले आफ्नो खर्चमा बाटो सुचारु गर्नुपरेको उनले उल्लेख गरे । निर्माणको कमगर्ने बेलामा सडकखण्डमा मुख्य ठेकेदारको उपस्थिति नभएको उनले जनाए ।

बाटोको ट्रयाक मात्र खोलेर गाडी चल्दा पनि स्थानीयवासी हर्षित भएका छन् । गाउँको उत्पादन बजारीकरण, बजारमा आउजाउ, खाद्यन्न ढुवानी लगायतका काममा सडक बनेपछि सहज भएको वडा नम्वर १० का पूर्व अध्यक्ष गोपेश्वर केसीले जानकारी दिए । उनका अनुसार उदेश्य र लक्ष्यअनुसार समयमै सडक निर्माण भएमा यसले जनताको जीवनस्तर उकास्न मदत मिल्नेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर