नेभिगेसन मेनु

लोप हुँदै ढाल तरबार नाच
सम्पादक:南亚网络电视
समय:2023-01-12 13:31

Untitled-3

पुरुष मात्र सहभागी हुने ढाल तरबार नाच लोप हुने चिन्तामा हुम्लावासी रहेका छन् । शुभ कार्य र चाडपर्वमा सधैँ नाचिने उक्त नाच अहिले नाच्नै छाडिएपछि विशेष गरी बूढापाका चिन्तित बनेका हुन् ।

सिमकोट गाउँपालिका–२ को ठेहे गाउँका बमबहादुर भण्डारीले पछिल्लो समय ढाल तरबार नाच नाच्नै छोडिएपछि लोप हुने चिन्ता देखिएको बताउनुभयो । विवाह, व्रतबन्ध, चाडपर्व एवं सभा, समारोहमा पुरुषहरू सहभागी भएर ढाल तरबार समातेर नाचिने नाच अहिले नाच्नै छोडिएपछि पुर्खादेखिको संस्कृति लोप हुन लागेको चिन्ता उहाँले व्यक्त गर्नुभयो । नाचमा सहभागी हुने पुरुषले एउटा हातमा तरबार र अर्को हातमा ढाल समातेर नाच्छन् । अहिले परम्परागत रूपमा गरिने विवाह र व्रतबन्ध संस्कार गर्न छोडिएपछि विशेष गरी अघिल्लो पुस्ताका बूढापाका बढी चिन्तित हुने गरेको उहाँको भनाइ छ । 

घरघरमा भएका ढाल र तरबार खिया लागेर जीर्ण हुने अवस्थामा पुगेका छन् । शुभ कार्यका बेला नाचिने परम्परागत संस्कार लोप हुनु भनेको एउटा मनोरञ्जन दिने कार्य हराउँदै जानु हो । साथै लामा समुदायबाहेकका अन्य समुदायका संस्कृति लोप हुने चिन्तामा स्थानीयवासी छन् । दुईदेखि तीन जोडी पुरुष सहभागी भएर नाचिने नाचमा पुरुषले परम्परागत पहिरन ऊनको बक्खु लगाएर टाउकोमा पटुका बाँध्ने गर्छन् । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले चार सय वर्ष पुरानो परम्परा बोकेको ढाल तरबार नाचलाई संरक्षण गरिनु आवश्यक रहेको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर