नेभिगेसन मेनु

निर्देशक सिप्पी र नायक हमालबिच ‘सिनेमा संवाद’
सम्पादक:南亚网络电视
समय:2026-04-04 12:54

 

 3223

काठमाडौँ, चैत २१ गते । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दोस्रो दिन शुक्रबार बलिउड चलचित्र ‘सोले’ का निर्देशक रमेश सिप्पी र नायक राजेश हमालबिच ‘सिनेमा संवाद’ सम्पन्न भएको छ । पर्यटन बोर्डको हलमा भएको उक्त कार्यक्रममा निर्देशक सिप्पीले चलचित्र ‘सोले’ का विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो । 

लेखकद्वय सलिम–जावेदले चलचित्र ‘सोले’ निर्देशन गर्न दिनुका कारण प्रस्ट्याउँदै भन्नुभयो, “उनीहरूसँग एउटा सानो आइडिया थियो । त्यो आइडिया पहिले अरू कसैका लागि थियो । जुन मेरो किसिमको चलचित्र होइन भनेर गरेनन् । त्यसपछि उनीहरूले मलाई एक आर्मी अफिसर र दुई अपराधीको कथा सुनाए । म भाग्यमानी थिएँ कि मसँग ती दुई अद्भुत लेखक थिए र हामीले यस्तो स्क्रिप्ट तयार गर्न सक्यौँ, जसमा सबै तत्व थिए ।”

स्क्रिप्ट तयार भएको छ महिनामा चलचित्र ‘सोले’ को छायाङ्कन सुरु भएको सिप्पीले बताउनुभयो । उहाँका अनुसार चलचित्र एक करोड बजेटमा सक्ने योजनासाथ १९७३ अक्टोबर २ मा सुरु भएको थियो तर बन्दै जाँदा यो तीन करोड रुपियाँ पुग्यो । 

उहाँले थप्नुभयो, “मौसमका कारण एउटा दृश्य खिच्न मात्र २१ दिन लागेको थियो ।” हमालले सिप्पीलाई चलचित्र असफल भएको भए के हुन्थ्यो ? भन्ने प्रश्नमा निर्देशक सिप्पीले ‘म यहाँ (निफमा) हुँदैन थिएँ होला भनेर जवाफ दिनुभएको थियो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर