नेभिगेसन मेनु

हुम्लामा खाना पकाउने ग्यास अभाव
सम्पादक:南亚网络电视
समय:2026-03-26 14:02

 

 gas

काठमाडौँ, चैत १२ गते । हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ। सातवटै गाउँपालिका केन्द्रमा पहिले पाउने ग्यास हाल उपलब्ध नहुँदा स्थानीयवासीलाई समस्या परेको हो।

सदरमुकाम सिमकोट र अन्य छ वटा गाउँपालिकाका बजारमा ग्यासको अभाव देखिएको बताउँदै आदित्य जनरल स्टोरका सञ्चालक रेशम महतले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालगञ्ज–सुर्खेतबाट ग्यास आपूर्ति नियमित नभएको कारण हुम्लामा ग्यास अभाव देखिन थालेको हो। दैनिक ग्यास लिन आउने ग्राहकहरू सिलिन्डर नपाएपछि फर्किन बाध्य हुने गरेका छन्।

सिमकोटमा केही थान आधा भरिएका ग्यास आइपुगेका भए पनि ती पनि सकिसकेका छन्। ग्यास अभावका कारण आधा सिलिन्डर ग्यासको मूल्य उपभोक्ताले एक हजार पाँच सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ।

सर्केगार्ड गाउँपालिका केन्द्रकी उपभोक्ता वसन्ती शाहीले चार दिनदेखि बजारमा ग्यास अभाव रहेको बताउनुभयो। केही दिनअघि सर्केगार्डमा आइपुगेका २० वटा आधा भरिएका ग्यास उपभोक्ताले सबै खरिद गरेका थिए। यस्तै समस्या चङ्खेली गाउँपालिका (पिप्लाङ), खार्पुनाथ गाउँपालिका (याङ्चुबजार), अदानचुली गाउँपालिका (श्रीनगर) र ताँजाकोट गाउँपालिका (छप्रेला) मा पनि देखिएको छ।

दाउरामा निर्भर उपभोक्ता

ग्यास अभावका कारण स्थानीयवासीहरूले दाउरामा खाना पकाउने व्यवस्था गर्न थालेका छन्। हिल्दुम विद्युत वितरण केन्द्रबाट विद्युत नियमित नभएकाले उपभोक्ताहरू दाउरामा निर्भर भएको स्थानीय जानकी बोहराले बताउनुभयो। ग्यास आपूर्ति सहज हुँदा दाउरा प्रयोग रोकिएको थियो, तर अहिले ग्यास अभाव पुनः भएपछि उपभोक्ताहरू दाउरामा निर्भर हुन बाध्य भएका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर