नेभिगेसन मेनु

जाजरकोटका पूर्व सांसद शाहको निधन
सम्पादक:南亚网络电视
समय:2026-03-25 16:25

 

 photo-(2)

काठमाडौँ,  चैत ११ गते । राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय उपाध्यक्ष तथा पूर्व सांसद गोविन्दविक्रम शाहको निधन भएको छ । भेरी नगरपालिका-३, माथिल्लो थाप्ले निवासी ६७ वर्षीय गोविन्दविक्रम शाहको उपचारका क्रममा बुधबार बिहान जाजरकोट अस्पतालमा निधन भएको हो ।

केही वर्षदेखि पार्किन्सन रोगले थला पर्नुभएको थियो ।जाजरकोटको राजनीति र विकासलाई सर्वोपरि ठान्ने जनताको सुख दुःखमा साथ दिँदै आउनुभएका शाहको मृत्युले एक कर्मठ निडर राजनीतिज्ञ गुमाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति यात्रा सुरु गर्नुभएका शाह २०४९ मा सम्पन्न निर्वाचनबाट जिल्ला विकास समितिको सभापतिमा निर्वाचित हुनुभएको थियो ।

त्यतिबेला आफूसँग बहुमत नभएपनि इमानदारी पूर्वक सभापतिको भूमिका गर्नु भएको थियो ।सङ्घीयता अघि दुई वटा निर्वाचन क्षेत्र रहेको जाजरकोट क्षेत्र नम्बर १ बाट २०५६ भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको थियो । सङ्गठन कमजोर भएपनि जनताको मनमुटुमा बस्न सफल भएका शाहले राष्ट्रिय राजनीतिमा पुग्नुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पाटीको केन्द्रिय उपाध्यक्षको जिम्मेवारीमा रहेका उहाँ आग्रह पूर्वाग्रह नराखी जाजरकोटको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो  ।

उहाँका स्वर्गीय बुवा तेजविक्रम शाह पूर्व राज्यमन्त्री हुनु भएको थियो। अनुभवी इमानदार, कर्तव्य निष्ठ नेताको निधनले जाजरकोट जिल्ला शोकमा डुबेको छ ।

नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहले शाहको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान गर्नुभएको छ ।एक कर्मठ कर्तव्य निष्ठ राजनीतिज्ञ गुमाउँदा समग्र जिल्लालाई अपुरणीय क्षति पुगेको उहाँको भनाइ छ । उहाँका एक छोरा एक छोरी एक श्रीमती हुनुहुन्छ ।

भेरी नगरपालिका-१, भेरीनदी शिवालय घाटमा दाह संस्कार गरिने छोरा विश्वविक्रम शाहले जानकारी दिनुभयो ।

काठमाडौँ,  चैत ११ गते । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर