नेभिगेसन मेनु

धादिङमा रास्वपाको ‘क्लिन स्वीप’
सम्पादक:南亚网络电视
समय:2026-03-08 11:42

 

 Bodh-Narayan-shrestha-And-Ashika-tamang(1)

धादिङबेंसी, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन क्षेत्र नं. १ मा आशिका तामाङ र निर्वाचन क्षेत्र नं. २ मा बोधनारायण श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

निर्वाचन क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार आशिका तामाङले ३९ हजार १२८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले १५ हजार ३२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले १४ हजार ७०९ मत र नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद रिजालले १० हजार ८० मत प्राप्त गर्नुभएको छ । तामाङले त्रिपाठीलाई २४ हजार ९६ मतान्तरले पराजित गर्नुभएको हो।

छ स्थानीय तह समेटिएको धादिङ निर्वाचन क्षेत्र नं. १ मा कुल ८५ हजार ३ सय ३३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी, धादिङ निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलालाई पाँच हजार ८ सय ६६ मतान्तरले पराजित गर्नुभएको हो ।

अन्तिम मतपरिणामअनुसार श्रेष्ठले २६ हजार १४५ मत प्राप्त गर्नुभएको छ भने धमलाले २० हजार २७९ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी, नेकपा (एमाले) का उम्मेदवार धनबहादुर घलेले १० हजार ८४ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीले नौ हजार ३६ मत प्राप्त गर्नुभएको छ ।

१३ स्थानीय तह रहेको धादिङ जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा सदरमुकामसहित एक नगरपालिका र छ गाउँपालिका पर्छन् । कुल एक लाख ३८ हजार ५ सय ९४ मतदाता रहेको यस क्षेत्रमा ७३ हजार ५१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर