नेभिगेसन मेनु

रामेछाप बस दुर्घटना : ६ जनाको मृत्यु, उद्धार कार्य जारी
सम्पादक:南亚网络电视
समय:2026-02-10 15:51

 

  ramechhap-accident1-1770704641 

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुई पुरुष र चार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

रामेछापका सहायक जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । 

बस नदीमा खसेका कारण हताहतको संख्या यकिन हुन नसकेको उनले बताए । बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको उनको भनाइ छ । डुंगामार्फत उद्धारकार्य जारी छ ।  

०३०१–०००५ख–९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै थियो । तीनवटै सुरक्षा निकाय उद्धारमा जुटेका छन् । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेको उद्धारका लागि १० जनाको गोताखोर टोली परिचालन भएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर