नेभिगेसन मेनु

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति र अमेरिकी सैन्य अभियान प्रमुखबिच भेटवार्ता
सम्पादक:南亚网络电视
समय:2026-02-20 15:25

 

 Delcy-Rodriguez

काठमाडौँ,  फागुन ८  गते । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज र अमेरिकी सैन्य अपरेसनका प्रमुखसँग भेट वार्ता भएको जनाइएको छ । रोड्रिगेजको सरकार र युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल मार्फत छुट्टै भ्रमणको घोषणा गरेको जनाइएको छ ।

रोड्रिगेजको प्रेस कार्यालयले मरीन जनरल डोनोभानले रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेज र आन्तरिक मन्त्री डायोस्डाडो क्याबेलोसँग भेट गरेको बताएको छ । अमेरिकी सेनाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई काराकसमा आश्चर्यजनक छापामा समातेर लागु-औषध तस्करीको आरोपको सामना गर्न अमेरिका ल्याएको केही हप्तापछि यो बैठक भएको हो ।

बैठकको क्रममा, दुबै देश अवैध लागुऔषध तस्करी, आतङ्कवाद र आप्रवासनको विरूद्ध लड्न द्विपक्षीय सहयोग एजेन्डा विकास गर्न काम गर्न सहमत भएको रोड्रिगेजको प्रेस अफिसबाट सामाजिक सञ्जाल एक्समार्फत जनाउनु भएको छ । मतभेद समाधान गर्न र सबै पक्षको हित र द्विराष्ट्रिय र क्षेत्रीय हितका सवाललाई सम्बोधन गर्ने संयन्त्र कूटनीति हुनुपर्ने बैठकले औल्याएको छ । रासस/क्यूएनए 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर