नेभिगेसन मेनु

अफगानिस्तानमा भारी हिमपात र वर्षाका कारण ६१ जनाको मृत्यु, ११० घाइते
सम्पादक:南亚网络电视
समय:2026-01-26 12:44

 

 ScreenShot_2026-01-26_102817_290

काबुल । अफगानिस्तानमा विगत केही दिनदेखि जारी भारी हिमपात र वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणकाअनुसार प्राकृतिक विपत्तिमा परी कम्तीमा ६१ जनाले ज्यान गुमाएका छन् भने ११० जना घाइते भएका छन् ।

यस प्रकोपले अफगानिस्तानका विभिन्न क्षेत्रमा ४५८ घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त पारेको छ । प्राधिकरणले यो तथ्यांक प्रारम्भिक भएको र हाल विभिन्न स्थानमा सर्वेक्षण तथा मूल्याङ्कन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्नसक्ने बताएको छ ।

विगत तीन दिनदेखि जारी अत्यधिक चिसो र हिमपातका कारण राजधानी काबुललाई अन्य प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गहरू समेत अवरुद्ध भएका छन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर