नेभिगेसन मेनु

भत्कियो दुई शताब्दी पुरानो दरबार
सम्पादक:南亚网络电视
समय:2025-04-13 11:53

jajarkot darbar

एस् ए टी भी ३१ चैत्र, काठमाडौँः ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको जाजरकोट दरबार भत्किएको छ । विसं १८५२ मा १६ औँ जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको दरबार बुधबार रातिको अविरल वर्षासँगै आएको हावाहुरीले भत्किएको हो । 

बुधबार रातिको अविरल वर्षाले ‘सेतो दरबार’ भनेर चिनिएको दरबार भत्किएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी समीर गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार दरबारको छानोको अगाडिको भाग भत्किएको हो । दरबार गत वर्ष कात्तिक १७ गतेको भूकम्प र चैत २२ गते जाजरकोट कुसेको पैङ्क केन्द्रविन्दु भएर आएको भूकम्पबाट पूर्ण रूपमा चर्किएको उहाँले बताउनुभयो । “२०८० कात्तिकमा गएको भूकम्पबाट चर्किएको थियो । त्यसपछि दरबार प्रयोगविहीन भएको थियो,” उहाँले भन्नुभयो, “केही दिनअघि आएको भूकम्पबाट दरबार झन् चर्किएको थियो । बुधबारको पानी र हावाहुरीले पूरै भत्काइदियो ।”

जाजरकोट दरबार गत वर्षको कात्तिकमा आएको भूकम्पबाट चर्किएको पनि तेस्रो पटक थियो । त्योभन्दा पहिले पनि भूकम्पले दरबारलाई क्षतिग्रस्त बनाएको थियो । दुवै पटक दरबार पुनर्निर्माण गरिएको थियो । सुरुमा १९९० माघ २ गते नेपाल र भारत केन्द्रविन्दु भएर गएको आठ रेक्टर स्केलको भूकम्पले दरबार पूर्ण रूपमा भत्किएको थियो । उक्त भूकम्पलाई दरबारमा क्षति पु-याउने शक्तिशाली विपत्का रूपमा जाजरकोटवासीले लिएका छन् । भूकम्पले क्षति पु-याएको जाजरकोट दरबारलाई फेरि पनि जाजरकोटी जनताको श्रमदानमा पुनर्निर्माण गरिएको थियो । जाजरकोट दरबारको पुनर्निर्माण गर्दा भक्तपुरबाट नेवार समुदायका कालिगड बोलाइएको स्थानीयको भनाइ छ । सेतो दरबारले दोस्रो पटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो । २०५१ सालमा पुनर्निर्माण गरिएको हो । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र जाजरकोट दरबार पनि परेको छ । खलङ्गाको सबैभन्दा अग्लो स्थानमा अवस्थित दरबार ऐतिहासिक एवं सांस्कृतिक दृष्टिले महìवपूर्ण सम्पदा मानिन्छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर