नेभिगेसन मेनु

चितवनको माडीमा अत्यधिक वर्षा, सतर्क रहन आग्रह
सम्पादक:南亚网络电视
समय:2024-09-01 12:31

badhi

चितवन– चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति ठूलो वर्षा भएको र यो क्रम जारी रहने अनुमान गरिएको छ ।

परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले नदी तटीय क्षेत्र र हाेचाे भूभागमा बस्ने नागरिकहरूलाई दिउँसो २ बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

कल्याणपुर वर्षा मापन केन्द्रका अनुसार माडी क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ । खास गरी रिउ खोला र यसका सहायक नदीहरूमा अचानक बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको प्रजिअ यादवले जानकारी दिए ।

माडी क्षेत्रमा खहरे खोलाहरूले वार्षिक रूपमा ठूलो क्षति पुर्‍याउने गरेको स्थानीयहरू बताउँछन्। यहाँ सामान्य वर्षामा पनि साना खोलाहरू एक्कासि उर्लिने गर्दछन्, जसले गर्दा बाढी र डुबानको जोखिम बढ्छ ।

यसैबीच, भरतपुरमा पनि बिहानदेखि नै मुसलधारे पानी परिरहेको छ । स्थानीय प्रशासनले सम्पूर्ण जिल्लावासीलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ ।

मौसम विभागले यस क्षेत्रमा अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ । नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र आपतकालीन सूचनाहरूलाई ध्यान दिन अनुरोध गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर