नेभिगेसन मेनु

पहिरोले कान्ति लोकपथ अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2024-08-03 11:34

thumb

हेटौंडा — हेटौंडाबाट राजधानी प्रवेश गर्ने कान्ति लोकपथको मकवानपुर भीमफेदी गाउँपालिका—८ महादेवटार सडकखण्डमा गएराति पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।शुक्रबार रातिदेखि परेको वर्षाले कान्ति लोकपथको महादेवटारमा माथिबाट पहिरो खसेको र तल पनि सडक धसिएकाले कान्ति लोकपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले बताए । 'ठिंगन बजारबाट करिब ८ किलोमिटरको दुरीमा रहेको उक्त सडकखण्डको ट्र्याक नै बगाएको छ,' उनले भने ।

सडकको करिब ७० मिटर जति ट्र्याक नै बगाएकोले सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ । सडकमा भएको अवरोध पन्छाएर कान्ति लोकपथ सञ्चालनमा ल्याउन सडक विभाग, फास्ट ट्र्याकसँग समन्वय भइरहेको र प्रहरी टोलीले अवरोध पन्छाउने काम गरिरहेको मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले बताए । वाग्मती पुल र ठिंगन बजारको बीचमा पर्ने उक्त सडक खण्डमा बारम्बार पहिरो जाने गरेको छ । एक साताअघि पनि सोही ठाउँमा पहिरो गएर ५ घन्टा सडक अवरुद्ध भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर