नेभिगेसन मेनु

एघार वर्षपछि काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल’ हुने
सम्पादक:南亚网络电视
समय:2024-08-26 17:27

thai film

काठमाडौँमा आगामी शुक्रबारदेखि ‘थाई फिल्म फेस्टिभल नेपाल’ हुने भएको छ।

काठमाडौंस्थित थाई दूतावासले सोमबार पत्रकार सम्मेलन गरेर तीन दिन चल्ने उक्त फिल्म फेस्टिभलबारे जानकारी दिएको हो।  

काठमाडौंमा हुने थाई फेस्टिभलको यो चौथो संस्करण हुनेछ। सन् २०१३ पछि भने फेस्टिभल हुन सकेको थिएन। पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्यान्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशक अघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिए।

राजदूत सिरिसोर्नले नेपाल र थाइल्याण्डबीचको लामो सम्बन्धलाई सम्मान गर्न र चलचित्रको विश्वव्यापी भाषामार्फत थाई र नेपाली जनतालाई नजिक ल्याउन फेस्टिभलको आयोजना गर्न लागिएको जानकारी दिए।

फेस्टिभलमा ६ वटा चलचित्र प्रदर्शन गरिनेछन्। निःशुल्क प्रवेशको व्यवस्था गरिएको फेस्टिभलमा दर्शकहरूका लागि निःशुल्क थाई खानाको व्यवस्था हुने दूतावासले जनाएको छ।  स्वाद समेत चाख्न पाउनेछन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर