नेभिगेसन मेनु

राष्ट्रपति उम्मेदवारमा कमलालाई समर्थन
सम्पादक:南亚网络电视
समय:2024-07-23 11:50

Untitled-1 (4)

साउन ८ गते । अमेरिकाका राष्ट्रपति जोए बाइडेन चुनावी मैदानबाट पछि हटेर राष्ट्रपतिको उम्मेदवारमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । सत्तारूढ डेमोक्रेटिक पार्टीले राष्ट्रपतिको उम्मेदवारी फिर्ता गर्न दबाब दिएपछि ८१ वर्षीय बाइडेनले आफू चुनावी मैदानबाट पछि हटेर उपराष्ट्रपति कमलालाई समर्थन गर्ने घोषणा गर्नुभएको हो । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको चुनाव हुँदै छ । चुनावमा प्रमुख विपक्षी दल रिपब्लिकन पार्टीकातर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाएको छ । 

बाइडेन वृद्ध  हुनुभएको र केही समयअघि ट्रम्पसँगको बहसमा उहाँले फितलो प्रस्तुति गर्नुभएको थियो । बाइडेनले उपराष्ट्रपति कमलालाई समर्थन गरे पनि पार्टीले भने उहाँलाई आधिकारिक उम्मेदवार बनाएको छैन । पार्टीको आउँदो राष्ट्रिय सम्मेलनले उहाँलाई उम्मेदवार बनाउने वा नबनाउने निर्णय गर्ने छ ।  (एजेन्सी)

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर