नेभिगेसन मेनु

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण
सम्पादक:南亚网络电视
समय:2024-07-25 13:10

Untitled-1 (2)

काठमाडौँ,  साउन १० गते ।  विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ प्रजातिका बिरुवा रोपिएका हुन् ।

जिल्ला वन डिभिजन कार्यालय, यामाहा बी फार्म एण्ड योकोहामा सिटी युनिभर्सिटी अफ जापानको समन्वयमा भएको वृक्षारोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारीले बिरुवा रोपेका थिए । 

काठमाडौँ–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले भूक्षय नियन्त्रणमा वृक्षारोपण महत्त्वपूर्ण हुने तथा स्वयम्भू क्षेत्रमा हरियाली कायम गर्न सहयोग पुग्ने बताउनुभयो । 

महासचिव अशोक बुद्धाचार्यले स्वयम्भू चैत्यको रु ५० लाखको लागतमा जीर्णोद्वार सम्पन्न गरिएको जानकारी दिँदै यस क्षेत्रमा आयोजना हुने परम्परागत मेला पर्वलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना सुनाउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर