नेभिगेसन मेनु

ट्रम्प फेरि आक्रमणको निशानामा, एके-४७ राइफलसहित एकजना पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-07-17 11:30

1721184303_trump-1200x560

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि आक्रमणको निशानामा परेका छन्।

मङ्गलवार रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाग लिन मिलवाउकी पुगेका पूर्व राष्ट्रपति ट्रम्पको सुरक्षा निकै कडा बनाइए पनि एकजना जबरजस्ती सम्मेलन हलमा प्रवेश गर्न खोजिरहेको अवस्थामा पक्राउ परेका छन्।

फक्स समाचारका अनुसार २१ वर्षका ती युवक सम्मेलन हलमा प्रवेश गर्न खोजिरहँदा आशङ्का लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा ती व्यक्ति एके–४७ राइफल र गोलीसहित पक्राउ परेका हुन्।

त्यसैगरी चक्कु लिएर सम्मेलन स्थल बाहिर घुमिरहेको अवस्थामा एकजना भेटिएपछि प्रहरीले गोली हानी हत्या गरेको छ।

राष्ट्रिय सम्मेलनमा ट्रम्पलाई रिपब्लिकन पार्टीले आगामी राष्ट्रपति निर्वाचनका लागि औपचारिक रुपमा उम्मेदवार घोषणा गरिएको छ।

यसअघि आइतवार चुनावी सभा सम्बोधनको क्रममा पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको थियो। गोलीको छर्रा लागेर उनको कानमा सामन्य चोट लागेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर