चीन सरकारको ‘सान्तोङ्ग फोरेन ट्रेड भोकेशनल कलेज’ ले नुवाकोटको विदुर नगरपालिका–८ मा कम्प्युटर तालिम सञ्चालन गर्ने भएको छ । ८ नम्बर वडा कार्यालय र हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयको सहकार्यमा कलेजले कम्प्युटर तालिम सञ्चालन गर्न लागिएको हो ।
वडा कार्यालयले सूचना जारी गर्दै तालिम तीन महिनाको हुने जनाएको छ । इच्छुक विद्यार्थीले साउन ६ गते दिउँसो १ बजेभित्र विद्यालयमा आवेदन दिइसक्नुपर्नेछ । कम्प्युटर तालिम हरेक दिन बिहान १० बजेदेखि ३ बजेसम्म सञ्चालन हुने कार्यालयले जानकारी दिएको छ ।
विद्यार्थीले खाजा–खानाको व्यवस्था आफैं गर्नुपर्ने जनाइएको छ । अंग्रेजी बोल्न,लेख्न सक्ने र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । कार्यालयका अनुुसार कम्प्युटर कक्षा छुट्याउन पाइने छैन् ।
450264057_310470898728473_7454882793370157097_n