नेभिगेसन मेनु

भारतीय टोलीद्वारा त्रिशूलीमा बेपत्ता भएकाको खोजी सुरु
सम्पादक:南亚网络电视
समय:2024-07-21 13:59

KA_Bharatpur-IMG_0109-scaled-e1720864456621

काठमाडौं । भारतीय टोलीले आजदेखि त्रिशूलीमा खसेर बेपत्ता भएका दुईवटा बस र त्यसमा सवार यात्रुको खोजी सुरु गरेको छ ।

भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली खोजतलासमा जुटेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय टोलीले अत्याधुनिक उपकरण प्रयोग गरेको छ ।

यादवले बेपत्ता भएकाहरुको खोजी अब सहज हुने भन्दै आशा बढेको बताए । बेपत्ता भएका आफन्तहरुले पनि आफन्तको शव भेटिनेमा आशा जागेको बताएका छन् ।

नेपाली टोलीले लगातार खोजी कार्य जारी राख्दा पनि उल्लेख्य सफलता हासिल नगरेपछि नेपाल सरकारले भारतीय टोलीसँग सहयोग मागेको हो ।

अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट टोली नेपाल आएको हो । गत असार २८ गते शुक्रबार दुईवटा बस त्रिशुली नदीमा खसेका थिए ।

दुई बसमा सवार ६५ यात्रुमध्ये तीनजना पौडेर बाचेका छन् भने ६२ जना बेपत्ता भएका थिए । अहिलेसम्म २५ जनाको शव फेला पारिएको छ । भेटिएका शवमध्ये १७ जनाको सनाखत भइसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर