नेभिगेसन मेनु

उपाध्यक्ष फर्कंदै,उप विदेशमन्त्री आउँदै
सम्पादक:南亚网络电视
समय:2024-06-24 14:47

1_KCcUYtYfNM

चिनियाँ जनराजनीतिक परामर्शदातृ सिचुआन प्रान्तीय कमिटीका उपाध्यक्ष सिये साँगह्वा नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्कन लाग्नुभएको छ । उहाँ नेतृत्वको टोली सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा बिहान पौने १२ बजे काठमाडौंबाट छन्तु प्रस्थान गर्न लागेको छ । टोली शुक्रबार काठमाडौं आइपुगेको थियो ।

उपाध्यक्ष सिये चिनियाँ प्रजातान्त्रिक राष्ट्रिय निर्माण संघको सिचुआन प्रान्तीय समितिका अध्यक्षसमेत हुनुहुन्छ ।

आजै चिनियाँ उप विदेशमन्त्री सुन वेइदोङ तीन दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ भोलि काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउन लाग्नुभएको हो ।

बैठकमा आपसी सहयोग, सीमा व्यवस्थापन,व्यापार, सीमापार प्रशारण लाइन, रेलमार्ग, पारवहन तथा यातायात सन्धीलगायत विषयमा छलफल हुने बताइएको छ । सुन राजदूतका हैसियतमा पाकिस्तान र भारतमा बसिसकेका कूटनीतिज्ञ हुनुहुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर