नेभिगेसन मेनु

इजरायलको नाममा हुने ठगीबाट सचेत रहन आग्रह
सम्पादक:南亚网络电视
समय:2024-07-20 12:32

sndfhd

काठमाडौँ, साउन ५ गते । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि पठाइदिने भन्दै विभिन्न संस्था र व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रव्रिmया जिटुुजी अन्तर्गत पर्ने भएकाले कुुनै व्यक्ति वा संस्थाले अनधिकृत रूपमा पैसा मागेका भरमा नदिन सर्वसाधारणको ध्यानाकर्षण गराएको छ ।

विभागले शुुव्रmबार विज्ञप्तिमार्फत इजरायल पठाइदिने भनेर केही व्यक्ति र समूहले युुवासँग मनलाग्दी रूपमा रकम असुुली गरेको उजुरी विभागमा आएको र त्यस्ता व्यक्ति वा समूहबाट सचेत रहन सबैलाई आग्रह गरेको हो ।  

विभागमा महानिर्देशक डण्डुुराज घिमिरेले इजरायलमा केयरगिभर श्रमिक पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरेको विभागमा सूचना प्राप्त भएको र ती व्यक्ति वा संस्थाको गोप्य रूपमा निगरानी बढाएको जानकारी दिनुुभयो । 

उहाँले इजरायलको केयरगिभर क्षेत्रमा पठाइदिने भनी रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहबाट देखाइएको प्रलोभन नपर्न युुवालाई आग्रहसमेत गर्नुुभयो ।  विभागलाई प्राप्त सूचनाका आधारमा यस किसिमका ठगी र गलत प्रचारका सम्बन्धमा विभागले सूक्ष्म रूपमा अनुसन्धान गरिरहकाले यस्ता कार्य भए गरेको जानकारी भएमा जोसुुकैले कल सेन्टरलगायतका विभागमा सूचना दिन अनुुरोध गरेको छ ।  विभागले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दोस्रो चरणमा आठ सय नेपाली श्रमिक लैजानका लागि असार ११ गतेदेखि साउन ११ गतेसम्म आवेदन दिन आह्वान गरेको छ । 

विभागका अनुसार वैकल्पिक तीन सय जनासहित आठ सय जनाको केयरगिभरका लागि आवेदन आह्वान हो । नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन । इजरायल जान इच्छुकले आउँदो साउन ११ गतेसम्म आवेदन दिनुुपर्ने विभागले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर