नेभिगेसन मेनु

भेपसहित पटके कारोबारी पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-06-23 11:43

vep-Police-News-@-Heatuad1

असार ९ गते  । मकवानपुर प्रहरीले भेप तथा भेपको फ्लेबरका पटके कारोबारीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको ना. ६ ख ७१६३ नं. को बसलाई रोकी खानतलासी गर्दा भेप तथा भेपका फ्लेबरहरू फेला परेको थियो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–११, थानाभ¥याङस्थित सडकखण्डमा बस रोकी खानतलासी गर्दा ५८ कार्टोन विद्युतीय चुरोट (भेप) तथा भेपका फ्लेबरहरू फेला परेपछि त्यसमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकालाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बरामद भएका ती सामान काठमाडौँको बालाजु बसपार्कभन्दा माथि भत्केको पुलको एरियाको रमाइलोडाँडाबाट लोड गरेको खुलेको छ ।

उक्त बस नेपाल–दिल्ली चल्ने आधिकारिक बस नभएको र केही व्यक्तिले भाडामा लिई एक महिनाका लागि नेपाल, भारत र अन्य देशका यात्रुलाई भारत घुमाउने भनी नेपालस्थित भारतीय राजदूतावासबाट यही असार ५ गते रोड पर्मिट लिइएको अनुसन्धानका क्रममा देखिएको छ ।  

प्रहरी उपरीक्षक रिजालले बसको यात्रु बस्ने सिटमाथिको भागमा नक्कली बटम बनाई करिब दुई करोड ७१ लाख २१ हजार ७८० रुपियाँ बराबरको ५८ वटा कार्टोनमा रहेको भेप तथा भेपको फ्लेबरहरू लुकाएर लैजाँदै गरेको जानकारी दिनुभयो । साथै सामान बरामद गरिएको बसमा कुवेतबाट आएका भारत घर भएका यात्रुलाई विभिन्न मान्छेमार्फत सम्पर्क गरी ल्याइएको प्रहरी उपरीक्षक रिजालले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, “बसमा सवार यात्रुलाई विश्वास दिलाउन नेपाल–भारतको दिल्ली चल्ने बस हो भनी भिजिटिङ कार्डसमेत दिइएको रहेछ ।”

प्रहरीले नियन्त्रणमा लिएका पाँच जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने बताएको छ । 

पक्राउ पर्नेमा बसचालक दोलखा जिल्ला भीमेश्वर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर जिल्ला कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–७ का ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही स्थानका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका–१६ का २९ वर्षीय राजकुमार हिमाङ रहेका छन् । 

पक्राउ परेका व्यक्तिमध्ये केही यसअघि पनि पटक पटक यस्तै किसिमको भन्सार छलीका सामान ल्याउने लैजाने कार्यमा संलग्न रहने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रिजालको भनाइ छ । बस सञ्चालकले भारतीय राजदूतावासबाट उपलब्ध गराउने रोड पर्मिटको दुरुपयोग गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर