नेभिगेसन मेनु

चुनावी सभालाई सम्वोधन गरिरहेका ट्रम्पमाथि गोली प्रहार, विश्वभरका नेताद्वारा घटनाको निन्दा
सम्पादक:南亚网络电视
समय:2024-07-14 11:05

3-4-e1720919493789

काठमाडौ । अमेरिकी राष्ट्रपति पदका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।

चुनावीसभालाई सम्वोधन गरिरहदा उनीमाथि गोली प्रहार भएको हो । पेन्सीलभानियाको बटलरमा ट्रम्प चुनावी सभालाई सम्वोधन गरिरहदा गोली चलेको हो ।

गोली प्रहारबाट ट्रम्प घाइते भएका छन् । उनलाई सुरक्षित स्थामा लगिएको छ । बीबीसीले सार्वजनिक गरेको भिडियो फुटेजमा लगातार गोली चलेको आवाज सुनिन्छ ।

उनको कान र अनुहारबाट रगत बगेको भिडियोमा देख्न सकिन्छ । घटनास्थलमा एकजनाको शव भेटिएको जनाइएको छ । सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ ।

राष्ट्रपति जो बाइडेनलाई घटनाको बारेमा तत्कालै ब्रिफिङ गरिएको थियो । उनी त्यसबेला डेलाभरमा थिए । बाइडेनले अमेरिकामा यस खालको हिंसाका लागि कुनै स्थान नभएको बताउँदै यस्ता घटनाको निन्दा गर्न सम्पूर्ण देश एकताबद्ध हुनुपर्ने बताएका छन् ।

उनले एक वक्तव्य जारी गरी ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार समेत व्यक्त गरेका छन् ।

यस्तै, पूर्वसभामुख नान्सी पेलोसीले पनि घटनाको निन्दा गर्दै ट्रम्प सकुशल रहेकोमा भगवानलाई धन्यवाद भनेकी छन् । अमेरिकाका विभिन्न राजनीतिक नेताबाट घटनाको निन्दा गर्ने क्रम जारी छ ।

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले पनि सो घटनाबाट आफू स्तब्ध भएको बताउँदै घटनाको निन्दा गरेका छन् ।

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर