नेभिगेसन मेनु

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सम्पादक:南亚网络电视
समय:2024-07-11 11:43

accident

पाल्पाको तिनाउ –३, स्थित दोभानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका –४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहनुभएको छ । यस्तै, सोही स्थानका १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते हुनुभएको छ । 

बुधबार बेलुकी ६ बजेतिर बुटवलबाट लु ८६ प ६५१ नम्बरको स्कुटीमा पाल्पातर्फ आउने क्रममा सोही दिशाबाट आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ट्रकको ठक्करबाट अधिकारी गम्भीर घाइते हुनुभएको थियो । घाइते अधिकारीलाई उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल पठाइए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

मृतक स्कुटीचालक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, गम्भीर घाइते स्कुटीचालकको बहिनी रहेको प्रहरीले जनाएको छ । घटना बारेमा थप अनुसन्धान कार्य भइरहेको श्रेष्ठले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर