नेभिगेसन मेनु

कर्णाली करिडोरको यातायात अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2024-07-08 15:08

humla

असार २४ गते । जिल्लाभर कर्णाली करिडोर आन्तरिक यातायात सेवा अवरुद्ध भएको छ । बिहीबार बेलुकाबाट लगातार वर्षा भइरहेकाले ठाउँ–ठाउँमा गएको पहिराका कारण यातायात सेवा बन्द भएको हो । 

वर्षाको कारण सबैभन्दा पहिले सिमकोट–हिल्सा सडकको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । प्रहरी निरीक्षक नरेन्द्र चन्दले आइतबार बिहान नाम्खा गाउँपालिका –५ को नारा लेकमा २० मिटर सडकलाई पहिरोले क्षति गरेपछि यारी–हिल्सा खण्डको सडक बन्द भएको बताउनुभयो । 

त्यसैगरी च्याछरा खण्डमा पनि पहिरोले सडक भत्किएको छ । यता नियमित सञ्चालन भइरहने सिमकोट खार्पु खण्डको सडक पनि आइतबारदेखि बन्द रहेको उहाँले बताउनुभयो । यो खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गएका कारण सडक बन्द भएको छ । त्यस्तै, सर्केगार्ड गाउँपालिका –४ को कालामुडामा गएको पहिरोको कारण सर्केगार्ड खार्पुनाथ सडक खण्डको कर्णाली करिडोरको सडक पनि बन्द भएको छ ।

त्यसैगरी सलीसल्लाबाट कवाडीको सडक पनि सर्केगार्ड गाउँपालिका –१ को खच्चामा पहिरो गएको कारण सडक अबरुद्ध भएको उहाँले बताउनुभयो । त्यसैगरी ताँजाकोट गाउँपालिकाको पुइमा खोलामा पनि बाढीले सडक अवरुद्ध गरेको छ ।  

प्रहरी निरीक्षक चन्दले आइतबारदेखि कर्णाली करिडोरको हुम्ला खण्डको कुनै सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो । त्यसैगरी आन्तरिक सडक पनि सुचारु नभएको उहाँको भनाइ छ । सिमकोट बरगाउँ, ठेहे, दोजाम सडक पनि बन्द छ । कच्ची सडक र त्यसमाथि चार दिन लगातार वर्षा भएका कारण सडक हिलाम्मे भएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर