नेभिगेसन मेनु

मुस्ताङका सबै नाका बन्द,पाँच जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-07-08 15:05

Untitled-1

असार २४ गते । लगातारको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङका सबै नाका बन्द भएका छन् । मुस्ताङका लागि पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडकमार्फत जोडिने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङ जिल्ला नाकाबन्द जस्तै भएको छ ।

बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोरमा रघुगङ्गा गाउँपालिका–२, बैसरीमा सडकमाथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको छ । बिहीबारदेखि नै पहिरो झर्न थालेपछि शुव्रmबार फाट्टफुट्ट सवारी चलेको भए पनि शनिबार बिहानैदेखि भने पूरै बन्द भएको छ । रघुगङ्गा गाउँपालिका–३, राखुका युवा झलक शर्माका अनुसार बेनी–जोमसोम सडक यात्रा झन् जोखिमपूर्ण बन्दै गएको छ । धेरै ठाउँमा पहिरो झरिरहेको हुँदा यात्रा गर्न निकै कष्टकर र जोखिम पनि भएकाले यो समय अत्यावश्यकबाहेक यात्रा नगर्न पनि जिल्लास्थित प्रशासन कार्यालयले आग्रह गरेको छ । 

वर्षा बढेसँगै असार १५ देखि जोमसोम–पोखरा हवाई उडान पनि बन्द भएकाले जटिल प्रकारका बिरामी भएको खण्डमा उपचारका लागि लैजानसमेत समस्या हुन सक्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयका अनुसार जोमसोम–बेनी सडकको मार्फा खोलामा बाढी आउँदा पटक पटक अवरुद्ध हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार बेनी–जोमसोम सडकखण्डको म्याग्दीतर्फ रघुगङ्गा गाउँपालिका–२, तल्लो बैसरी र माथिल्लो बैसरीमा सडक अवरुद्ध भएको छ । 

त्यसै गरी भुरुङ तातोपानीमा अवरुद्ध सडक अहिले खुलेको भए पनि बैसरीमा अवरोध तत्काल हटाउन नसकिने देखिएकाले बेनी–जोमसोम सिधा यातायात हुन सक्ने अवस्था भने छैन । त्यसै गरी पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्डको बेनी नगरपालिका–४, फापरखेतको घुमाउने भिरमा पूर्ण रूपमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । त्यस्तै मालिका गाउँपालिका–४, बाङ्गेभिरमा पनि सडक अवरुद्ध भएको छ । 

त्यसै गरी स्याङ्जा समाचारदाताका अनुसारपहिरोले बेपत्ता दुई जना मृत अवस्थामा भेटिएका छन् । शनिबार दिउँसो ३ बजे भिरकाट–५, ज्यामिरेकी ७३ वर्षीय खेमकुमारी मल्ल मृत अवस्थामा भेटिनुभएको हो । त्यसै गरी लामागाउँमा पहिरोले पुरिएका ६६ वर्षीय माधव शर्मा मरासिनी पनि मृत भेटिनुभएको छ । बुटवल पोखरा सिद्वार्थ राजमार्गको गल्याङ नगरपालिका–११, तुल्सीभन्ञ्याङमा राजमार्ग भाँसिएको छ । दुई ठाउँमा सडक भासिँदा सवारीसाधन बाटैमा रोकिँदा यात्रु अलपत्र परेका छन् । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले अविरल  वर्षासँगै ५० मिटर लम्बाइ र तीन मिटर चौडाइ सडक  भासिएको बताउनुभयो । अवरुद्ध सडकलाई एकतर्फी भए पनि खोल्ने प्रयास भइरहेको बताउनुभयो । 

पहिरोमा परी दुई जनाको मृत्यु

पर्वत समाचारदाताका अनुसार  बस्तीभन्दा माथिको पाखाबाट आएको पहिरोले घरगोठ पुरिँदा पर्वतको फलेवास नगरपालिका–१, कार्कीनेटामा दुई जनाको मृत्य् भएको छ । मृत्यु हुनेमा कार्कीनेटाका ४० वर्षीय झलक शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका–३, पाख्रीबोटका ३२ वर्षीय तुलसीराम पौडेल रहेका छन् । झलक शर्मा स्थानीय बासिन्दा रहेका र तुलसीराम आफन्तकोमा आएको बेला पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुसालले बताउनुभयो । 

गोठमा भैँसी र बाख्रा पहिरोले पुरिन लागेको भन्दै अन्यत्र लैजाने व्रmममा ती दुई जना पहिरोमा परेका थिए जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक भुवन बरामको नेतृत्वमा १२ जनाको टोली घटनास्थल पुगेको थियो । यसैबिच अविरल  वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत कुस्मा ७ र ८ को बिचमा पर्ने तमादी खोलामा आएको बाढीले अवरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

तनहुँ समाचारदाताका अनुसार तनहुँको  शुक्लागण्डकी–७, काउरेमा पहिरोले घरलाई पुर्दा तीन जनाको मृत्यु भएपछि पूरै गाउँ शोकमा डुबेको छ । स्थानीय हिरा नेपालीको घर पहिरोले पुरिँदा नेपालीसहित उहाँको छिमेकी ३७ वर्षकी अनिशा बाँस्तोला र ६५ वर्षका श्याम अधिकारीको मृत्यु भएपछि गाउँ शोकमा डुबेको हो । उक्त पहिरोमा परी चार जना घाइते भएका छन् । अविरल  वर्षापछि पहिरो खस्ने खतरा बढेपछि हिरा नेपालीको घरको सामान सार्न गएका बेला छिमेकी बास्तोला र अधिकारीसमेत पहिरोमा परी बेपत्ता भएकोमा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा खोजतलासी गर्दा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । 

यस घटनाले सिङ्गो नगरपालिका शोकमा डुबेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले बताउनुभयो । नगरपालिकाको तर्फबाट घाइते सबैको उपचार तथा किरियाखर्च दिइने पण्डितले बताउनुभयो । घर बनाउनुपर्ने आफन्त तथा स्थानीयको भनाइ रहेकाले त्यसका लागि पनि कार्यपालिकामा छलफल चलाइने उहाँले जानकारी दिनुभयो । त्यस्तै तनहुँमा शनिबार पहिरोमा परी चार जनाको मृत्यु भएको थियो । ऋषिङ गाउँपालिकाको झापुटार तनहुँ जलविद्युत् आयोजनामा काम गर्ने वर्ष ५० को स्थानीय कृष्ण पुलामीमगरको पहिरो आउँदा ढ्ुङ्गाले लागेर मृत्यु भएको थियो भने लमजुङको सुन्दरबजार नगरपालिका–२ का ५१ वर्षका  सोमलाल श्रेष्ठ घाइते हुनुभएको छ । जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरो जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाले गर्दा हुन  सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गर्नुभएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर