नेभिगेसन मेनु

सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह राष्ट्रिय रङ्गशालामा सर्न सक्ने
सम्पादक:南亚网络电视
समय:2024-04-15 17:24

thumb

वैशाख ३ गते । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सार्न सकिने सोमबार बताउनुभएको छ ।

बिएफएमटिभी र आरएमसीसँगको अन्तर्वार्तामा उहाँले टोलीहरूलाई सिन नदीमा नौकाहरूमा विहार गराउनुको सट्टा उद्घाटन समारोहलाई एफिल टावरबाट नदीपारि ‘ट्रोकाडेरो’ भवनसम्म सीमित गर्न सकिने र स्ट्याड डि फ्रान्समा पनि स्थानान्तरण गर्न सकिने बताउनुभयो ।

मुख्य रङ्गशालामा खेलहरू उद्घाटन गर्ने परम्परालाई तोड्दै पेरिस आयोजकहरूले ओलम्पिक इतिहासमा अभूतपूर्व समारोहको आयोजना बनाएका छन् । यद्यपि युक्रेन र गाजामा युद्ध सुरु भएपछि आयोजकहरूले जुलाई २६ मा हुने उद्घाटन समारोहलाई लक्षित गरी कुनै भिन्नै स्थानमा सार्न सकिने भन्ने कुरालाई अहिलेसम्म अस्वीकार गरेका छन् ।

“यो उद्घाटन समारोह विश्वमा सबैभन्दा पहिलो हो, हामी यो गर्न सक्छौँ र गर्न गइरहेका छौँ”, राष्ट्रपति म्याक्रोनले भन्नुभयो, “तर प्लान बि र प्लान सि छ जसमा समारोहलाई पेरिसको उत्तरमा स्टेड डि फ्रान्समा सार्ने समावेश छ, हामी वास्तविक समयमा यसको विश्लेषण गर्नेछौँ ।”

उहाँले खेलका क्रममा ओलम्पिक युद्धविरामका लागि ‘हरसम्भव प्रयास’ गर्ने बताउनुभयो । युद्धविराम ओलम्पिकको समयमा शान्ति कायम गर्ने ऐतिहासिक परम्परा हो । “हामी ओलम्पिक युद्धविरामको दिशामा काम गर्न चाहन्छौँ र यो मेरा लागि हाम्रा धेरै साझेदारहरूसँग संलग्न हुने अवसर भएको मलाई लागेको छ ।” रासस/एएफपी

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर