नेभिगेसन मेनु

घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता
सम्पादक:南亚网络电视
समय:2024-03-22 14:05

ghalegaun-football_CzVYOGNGyG

फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । 

समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको करिब आठ सय वर्ष पुरानो घलेगाउँस्थित घलेगाउँको स्वर्र्गभूमि रङ्गशालामा उक्त प्रतियोगिता हुने भएको हो । 

प्रतियोगिता आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बिहीबार बेँसीसहरमा पत्रकार सम्मेलन गरेर देशका प्रतिष्ठित   १२  फुटबल क्लबीच प्रतिस्पर्धा हुने जनाएको छ । प्रतियोगितामा   प्रथम हुने टोलीलाई रु पाँच लाख ५० हजार पाँच सय ५५, गोल्डकप र पदक, दोस्रो स्थान हासिल गर्नेलाई रु तीन लाख ५० हजार तीन सय ५५ सहित पदक प्रदान गरिने भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए । 

प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही नगद रु १० हजारसहित पदक प्रदान गरिने छ । छ दिनसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत नकआउट आधारमा खेल हुनेछन् ।  प्रतियोगिता सञ्चालन गर्न रु ३१ लाख ८० हजार लाग्ने अनुमान गरिएको अध्यक्ष घलेले बताए ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर