नेभिगेसन मेनु

मनाङमा बढ्न थाले पर्यटक
सम्पादक:南亚网络电视
समय:2024-03-19 12:31

Dharapani

चैत ६ गते । यस वर्षको दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै मनाङमा पर्यटकको चाप बढेको छ । जनवरी १ देखि मार्च १५ सम्मको तथ्याङ्क अनुसार एक हजार ८५३ पर्यटक मनाङ पुगेका छन् । पुस–माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता विस्तारै बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक सूचना केन्द्र धारापानीले जनाएको छ । 

पर्यटक सूचना केन्द्र धारापानीका प्रमुख भूपेन्द्र गुरुङका अनुसार सबैभन्दा धेरै २१८ जना चिनियाँ पर्यटकले मनाङ भ्रमण गरेका छन् । सबैभन्दा कम पर्यटक दक्षिण अफ्रिकालगायत २५ मुलुकका छन् । असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई मुख्य पर्यटकीययाममा यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने गर्दछ । जाडो र वर्षात्को याममा कम पर्यटक घुम्न आउँछन् । चैत–वैशाखमा अझ धेरै पर्यटक मनाङ भित्रने बताइन्छ ।

असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ । यी दुवैयाममा मनाङमा पदयात्राका लागि विदेशी र आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ । कोभिड–१९ महामारीका बेला पर्यटक आगमन ह्वात्तै घटेकामा महामारीको अन्त्यसँगै पर्यटनले फेरि पुरानै लय समातेको छ । 

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने १० गन्तव्य सूचीमा राखेको थियो । गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस अन्नपूर्ण आधार शिविर पुगेपछि त्यस क्षेत्रले थप चर्चा पाएको थियो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर