नेभिगेसन मेनु

बाह्र वर्ष बित्यो बनेन विद्यालय भवन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-01 11:29

bbbbbbbbb

कात्तिक १५ गते । भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवन १२ वर्ष हुँदासमेत सम्पन्न नभएपछि विद्यालयले थप योजना पाउन सकेका छैनन् । धनुषा जिल्लाको नगराइन नगरपालिकाका छ वटा सामुदायिक विद्यालयको भवन १२ वर्ष बित्दा पनि सम्पन्न हुन सकेका छैनन् । 

पालिकाको छ वटा सामुदायिक विद्यालयका कक्षाकोठा निर्माण गर्ने भनी आएको बजेटबाट काम सम्पन्न नहुँदा विद्यालयका लागि थप शैक्षिक कार्यक्रमसमेत सम्बन्धित निकायले दिन नमानेको प्रधानाध्यापकको भनाइ छ ।

पालिकाको जटहीस्थित राष्ट्रिय आधारभूत विद्यालयबाहेक पाँचवटै विद्यालयको छत ढलानपछि बिचमै काम छाडेर निर्माण कम्पनी भागेपछि भवन अभावमा पठनपाठनमा समेत प्रभाव परेको छ । ती विद्यालयमा बाध्य भएर एउटै कक्षाकोठामा दुई वटा कक्षा सञ्चालन गर्नु परेको प्रधानाध्यापक अनुजकुमार मिश्रले बताउनुभयो । उहाँका अनुसार भवन निर्माण नहुँदा सम्बन्धित निकायले थप कार्यक्रम तथा योजना दिन मानेका छैनन् । कक्षाकोठाको अभावमा एउटै कक्षाकोठामा दुई वटा कक्षा सञ्चालन गर्दा पढाइमा समेत असर परेको उहाँ बताउनुहुन्छ । चाँडो भवन निर्माण कार्य सम्पन्न भयो भने विद्यालयलाई थप सुधार गर्न सकिने प्रधानाध्यापक मिश्रको भनाइ छ । 

यस्तै सोही नगरपालिकाको वडा नं. २ स्थित राघोपुरको राघोबाबा आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र मण्डलका अनुसार भवन तयारी हुने भन्दाभन्दै १२ वर्ष बित्यो । कक्षाकोठा नहुँदा बाध्य भएर एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नु परेको प्रधानाध्यापक मण्डल बताउनुहुन्छ ।

छ वटा विद्यालयमध्ये राष्ट्रिय आधारभूत जटहीको विद्यालयबाहेक पाँच विद्यालयमा छत ढलानसहित ६८ प्रतिशत मात्र निर्माणको काम भएको छ । २०६८ सालमा दुई करोड ९१ लाखमा ठेक्का लिएको चेतना युके एन्ड जेभी निर्माण सेवा कम्पनीले १२ वर्षमा पनि काम सम्पन्न नगरेपछि विद्यालय भवन अलपत्र परेका छन् । सम्झौता अनुसार निर्माण कम्पनीले दुई पटकसम्म म्याद थप गराई काम नगरेपछि विद्यालयको पठनपाठन समेत प्रभावित बनेको प्रधानाध्यापकको भनाइ छ । 

काम अलपत्र छाडेपछि सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय जनकपुरले निर्माण कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राख्ने प्रव्रिmया अघि बढाएको थियो । विद्यालयको थप काम गत साउनमा द डिजाइनर्स नेपाललाई एक वर्षमा काम सम्पन्न गर्ने गरी दुई करोड ६८ लाख रुपियाँमा ठेक्का लगाएको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ जनकपुरका प्रमुख प्रदीप खनालका अनुसार पुरानो कम्पनीको ठेक्का तोडी, जमानत जफत गरिएको छ । पछिल्लो समयको जानकारी अनुसार निर्माण कम्पनी युके एन्ड जेभीलाई सार्वजनिक खरिद ऐन अनुसार डेढ वर्षका लागि कालोसूचीमा समेत राखिएको छ । 

सम्झौता अनुसार १८ महिनामा काम सम्पन्न हुनुपर्नेमा निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा भवन अलपत्र परेको हो । काम छाडेको निर्माण कम्पनीलाई सम्झौता भएको रकमको भुक्तानीमध्ये ७७ लाख मात्र भुक्तानी दिन बाँकी रहेको एकाइका प्रमुख खनालले जानकारी दिनुभयो ।

भारतीय लगानीमा निर्माण हुन लागेको उक्त भवनमा पाँच वटा कक्षाकोठासँगै प्रधानाध्यापकको कोठा र महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गर्नुपर्ने थियो । वडा नं. ५ स्थित राष्ट्रिय आधारभूत विद्यालय गङ्गुली, राष्ट्रिय आधारभूत विद्यालय गङ्गुली पछवारी टोल, वडा नं. ६ स्थित राष्ट्रिय आधारभूत विद्यालय लगमा पछवारी टोल, वडा नं. १ स्थित राष्ट्रिय आधारभूत विद्यालय फूलगामामा भवन अलपत्र परेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर