नेभिगेसन मेनु

सबै सडक पक्की बनाउँछौँ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-20 12:46

Untitled-1 (8)

पर्सा जिल्लाको सदरमुकाम वीरगन्जदेखि पश्चिम–उत्तरमा रहेको सखुवा प्रसौनी गाउँपालिकामा साबिकका गाविसहरू सखुवा, प्रसौनी, देउरबाना, महुवन, लखनपुर मधुवन मथौल र कौवावन कटैया गरी छ वटा वडा छन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित यशवन्त यादवले पालिकाको विकास र निर्माणका योजनालाई प्रमुख प्राथमिकता दिँदै आउनुभएको छ । गाउँपालिकाका विकास निर्माण, योजना र विकासका लागि देखिएका चुनौतीका सन्दर्भमा अध्यक्ष यादवसँग गोरखापत्रका वीरगन्ज समाचारदाता दीपकप्रसाद गौतमले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ : 

गाउँपालिकामा विकास निर्माणको अवस्था के छ, के के गर्दै हुनुहुन्छ ?

विकास निर्माणको अवस्था एकदम राम्रो छ । हामी निर्वाचित भएर आएको १५ महिना मात्र बितेको छ । यस अवधिमा भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदाहरूको संरक्षण, वनजङ्गल जोगाउनेदेखि लिएर युवा रोजगारका कार्यक्रम पनि सञ्चालनमा ल्याएका छौँ । अघिल्लो पाँच वर्षमा पालिकाको बजेटबाट १५ किलोमिटर कालोपत्रे सडक मात्र भएको थियो । वर्तमान कार्यकालमा अहिले नै करिब पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ । जीर्ण भएका सात वटा विद्यालयका भवन निर्माण भइसकेका छन् । २०८४ सालसम्म पालिका क्षेत्रभित्रका सबै सडक ढलान वा कालोपत्रे हुन सकेन भने त्यस क्षेत्र वा गाउँमा मत माग्न जान्न भनेर प्रतिबद्धता गरेको छु । म गरेर देखाउँछु, यदि भएन भने जाँदै जान्नँ ।  

विकास निर्माणमा कामहरू गर्दा के–कस्ता समस्या र चुनौती झेल्नु परेको छ ? 

विकास निर्माणको काम गर्दा धेरै चुनौती आउने गरेका छन् । ग्रामीण क्षेत्र भएकाले बाटो साँघुरा छन् । जग्गाका विवाद धेरै छन् । सडक अतिक्रमण धेरै छ । त्यसैले भौतिक संरचना एवं सडक बनाउँदा जग्गा खाली गराउन नै समस्या हुने गरेको छ । 

गाउँपालिकाले दिने सेवासुविधा जनतामा प्रवाहको अवस्था कस्तो छ ?

गाउँपालिकाका छ वटै वडामा अनलाइन व्यवस्था छ । सेवाग्राही पालिका कार्यालय आउनु पर्दैन । वडा वडा र पालिकाका सबै काम हामीले अनलाइनबाट सञ्चालन गरिसकेका छौँ । यसले सेवाग्राहीलाई सहज भएको छ । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र नहुने भएकाले कहिलेकाहीँ कुरा मिल्छ कहिले मिल्दैन । नमिल्ने अवस्थामा हाम्रै पार्टीबाट निर्वाचित भएका प्रतिनिधिहरूको बहुमत भएकाले काम गर्नमा कुनै समस्या छैन ।

यस पालिकामा धेरै खेतीयोग्य जमिन रहेकाले कृषिको क्षेत्रमा के के गर्दै हुनुहुन्छ ?

सिँचाइका लागि भएका कुलो पैनीहरूलाई सरसफाइ गर्ने, पुरिएकालाई पुरानै अवस्थामा ल्याउने काम गर्दैछौँ । खेत खेतमा विद्युत्का पोल गाडिसकेका छौँ भने कृषि मिटर जडान गर्ने काम भइरहेको छ । 

शिक्षाको क्षेत्रमा यस पालिकामा के के गर्दै हुनुहुन्छ ? 

पालिकाबाट ४० लाख रुपियाँ बजेट छुट्याएर स्वयम्सेवक शिक्षक नियुक्त गर्न सुरु गरेका छौँ । अहिले पनि १३ वटा दरबन्दी रिक्त छन् । तिहारपछि त्यसमा पनि स्वयम्सेवक शिक्षक नियुक्त गर्ने तयारीमा छौँ । हाम्रो पालिकामा सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । सिभिल इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई ५०/५० हजार रुपियाँका दरले छात्रवृत्ति दिएका छौँ ।

प्रदेश सरकारसँग पालिकाको विकासका लागि के कसरी समन्वय गर्दै हुनुहुन्छ र कत्तिको सहयोग पाउनुभएको छ ?

पालिकाको विकासका काममा प्रदेश सरकारको सहयोग ठुलो रहेको छ । समन्वय पनि राम्रो रहेको छ । अहिलेसम्म राम्रै सहयोग पनि पाइरहेका छौँ ।  

स्वास्थ्यको क्षेत्रमा यस पालिकामा के के गर्दै हुनुहुन्छ ? 

प्राथमिक उपचारमा हाम्रो गाउँपालिका जिल्लाकै पहिलो नम्बरमा रहेको छ । तीन स्थानमा बर्थिङ सेन्टर, तीन स्थानमा प्रयोगशाला सञ्चालनमा छ । एक्सरे सञ्चालनमा छ । निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छौँ । एमबिबिएस चिकित्सकसहित २४ घण्टे इमर्जेन्सी सेवा सञ्चालनमा ल्याएका छौँ । दुई वडामा सामुदायिक क्लिनिक छन् । सबै सेवा पालिकाले आफ्नै बजेटबाट सञ्चालन गरेको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर