नेभिगेसन मेनु

सप्तरीमा चाडपर्वमा विशेष सुरक्षा योजना
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-16 16:12

police

सप्तरी, असोज २९गते । सप्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी २३ बुँदे विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले सूचना पाएको पाँचदेखि सात मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्ने, प्रमुख चौक र सीमानाकामा निगरानी बढाउने, यात्रु सहायता कक्षको स्थापना र पैदल, साइकल, मोटरसाइकलबाट समेत २४ सै घण्टा गस्तीलगायतका २३ बुँदे योजना कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाभर सादा पोशाकमा समेत गरी ६९० प्रहरी परिचालन गरिएको जानकारी दिनुहुँदै चाडपर्वका समयमा अरु बेलाभन्दा बढी भिडभाड र आर्थिक कारोवार हुने भएकाले सुरक्षा व्यवस्थाका लागि २३ बुँदे सुरक्षा योजना बनाइएर कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले चाडपर्वमा यात्रुको आवागमन बढी हुँदा सार्वजनिक सवारीको भाडामा ठगिने, भिडभाडको मौका छोपेर लुटपाट, चोरी/डकौती हुने, मादक पदार्थको सेवन गरी सवारी चलाउने जस्ता गतिविधि नियन्त्रणका लागि प्रत्येक बस, माइक्रो, टेम्पु, अटोरिक्सा लगायतका स्टेन्डमा यात्रु सहायता कक्ष स्थापना गरी सुरक्षाकर्मी तैनाथ गरिएको बताउनुभयो ।

२३ बुँदे विशेष सुरक्षा योजनामा सवारी व्यवस्थापन, मदिरा नियन्त्रण, हेल्प डेस्कको स्थापना, मेला तथा धार्मिक स्थलमा निगरानी, बजार अनुगमन तथा सुरक्षा वयवस्थाका लागि रिजर्भ र स्टेन्डबाइ टोलीको परिचालन लगायतका योजना कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो ।

जिल्लाको ग्रामीण भेगमा समेत शान्ति सुरक्षाको प्रत्याभूति दिन विशेष सुरक्षा योजनामा विभिन्न योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर