नेभिगेसन मेनु

बंगलादेशमा गर्मीले हजारौं विद्यालय बन्द
सम्पादक:南亚网络电视
समय:2023-06-08 12:59

thumb (11)

बंगलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौं विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । ‘सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएयता हामीले यति लामो समयसम्म गर्मी कहिल्यै देखेका थिएनौं,’ बंगलादेशको मौसम विभागका वरिष्ठ अधिकारी बज्लुर रसिदले भने ।

सरकारले हजार प्राथमिक विद्यालय बन्द गरेको छ । एयर कन्डिसनर र पंखाको माग बढे पनि बिजुली उत्पादनमा भारी कटौती गरिएको छ । सरकारले गत सोमबार खर्च अभावमा आफ्नो सबैभन्दा ठूलो पावर प्लान्ट सञ्चालन स्थगित गर्न बाध्य भएको जानकारी गराएको थियो ।

गत वर्ष अमेरिकी डलरको तुलनामा बंगलादेशी टाकाको मूल्य करिब २५ प्रतिशतले अवमूल्यन भएको थियो, जसले गर्दा इन्धन आयात र विद्युत् उपयोगिताको लागत बढेको छ । अन्य प्लान्टहरूले माग पूरा गर्न सकेका छैनन्, जसका कारण घण्टौंसम्म लोडसेडिङ भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर