नेभिगेसन मेनु

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता, आइतबार सुनुवाइ
सम्पादक:南亚网络电视
समय:2023-06-03 13:12

supremecourt_20220214125923_MfyDMuRLeo

काठमाडौं : नागरिकता विधेयक प्रमााणीकरणविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। बिहीबार वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने सर्वोच्चमा रिट दिएका थिए।

अधिवक्ताद्वय भण्डारी र न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका हुन्। रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले  बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो।

यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरिदिएकी थिइन्।

त्यसपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो। अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि विरोध सुरू भएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर