नेभिगेसन मेनु

सर्लाहीको गोडैतामा एक युवक मृत फेला
सम्पादक:南亚网络电视
समय:2023-05-19 19:07

death

सर्लाहीको गोडैतामा एक युवक मृत अवस्थामा फेला पर्नुभएको छ । बलरा नगरपालिका–९ का २९ वर्षीय अशोक महतो गोडैता नगरपालिका –६ स्थित सडक छेउमा रहेको रामसागर महतोको उखु खेतमा मृत फेला पर्नुभएको हो । बिहीबार अपराह्न पौने ५ बजेतिर युवकको शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । 

घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पजियारले मृतक अशोकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको बताउनुभयो । उहाँका अनुसार घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक युवकको शव पोष्टमार्टमका लागि बिहीबार साँझ अबेर प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ । 

युवकको मृत्युको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रनाउ पजियारले बताउनुभयो । भारतमा बसेर मजदुरी गर्नुहुने अशोक करिब एक महिनाअघि मात्रै घर आउनुभएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर