नेभिगेसन मेनु

दाइजो नदिएको भन्दै धनुषामा आगो लगाएर हत्याको प्रयास
सम्पादक:南亚网络电视
समय:2023-04-22 15:35

1

जनकपुर, वैशाख ८ गते । दाइजो नदिएको भन्दै धनुषामा श्रीमतिलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उहाँका श्रीमान राजिव झासहित परिवारका अन्य सदस्य मिलेर आगो लगाएर हत्या गर्ने प्रयास भएको घटना बाहिरिएको हो ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहनुभएको श्वेताले श्रीमान राजिवले परिवारका अन्य सदस्यको सहयोगमा आफ्नो शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाउनुभयो । श्वेताले आफूलाई श्रीमान राजिव, ससुरा शिवशंकर झा, सासु र देवर लगायतकाले कुटपिट गर्दै शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताउनुभयो ।

गत वैशाख १ गते राजिवले नौ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उहाँले श्वेतालाई पनि कुटपिट गर्दै आफ्नो भाई, बुबा र आमाको सहयोगमा शरीरमा आगो लगाइदिएको श्वेताको आरोप छ ।

राजिवको परिवारले आफूलाई मरणासन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाए पनि यतिका दिनसम्म उपचारका लागि अस्पताल समेत नल्याएको उहाँको भनाइ छ । घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेको श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले श्वेतालाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् । श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ ।

उहाँले भन्नुभयो, ‘‘ विवाह भएको १० वर्ष बितिसकेको छ, दाइजोमा स्वीकारेको तीन तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरुले मलाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए, अहिले आगो लगाएर हत्या गर्ने प्रयास नै गरेका छन् ।’’

घाइते अवस्थामा रहेकी श्वेताले श्रीमान राजिव र ससुरा पक्षले विवाहको बेला तीन तोला सुन मागेको बताउनुभयो । त्यतिबेला बुबाले दुई लाख भारतीय रुपियाँ दिए पनि अहिलेसम्म तीन तोला सुन नदिएको भन्दै पटक–पटक आफूलाई प्रताडित गर्दै आएको आरोप लगाउनुभएको छ । श्वेताले विवाहपश्चात बुबाले निरन्तर राजिव र उहाँको परिवारलाई आर्थिक सहयोग गर्दै आएको पनि सुनाउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर