नेभिगेसन मेनु

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-05-19 19:05

adsrhw

ताप्लेजुङमा बिहीबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार खाम्लुङको दोभान बजारदेखि ढुङ्गे साँघुतर्फ जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक जिल्लाकै फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिम सिँवाका २० वर्षीय सन्दीप तामाङको मृत्यु भएको हो । 

आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाको सिमाना सुन्तले नजिक देवीखोल्सामा ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो । सो दुर्घटनामा ट्याक्टरका सहचालक तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।  

ट्याक्टर राति करिब ८ः४० बजेतिर दुर्घटना भएको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो । शुक्रवार बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ । ट्याक्टरका चालक कुशल लिम्बू भने फरार रहेका प्रहरीले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर