नेभिगेसन मेनु

धेरै धुँवा फ्याक्ने १५ सवारी साधनका चालक कारबाहीमा
सम्पादक:南亚网络电视
समय:2023-04-27 13:19

maicro_kPPcJqpkaw

प्रहरीले धेरै धुँवा फ्याक्ने १५ सवारी साधनका चालककलाई कारबाही गरेको छ। बबरमहलमा बुधबार गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने  १५  सवारी साधनका चालकलाई कारबाही गरिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक  राजेन्द्र प्रसाद भट्टले  मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस ७ ,माइक्रोबस ५,पिकअप भ्यान २  र  ट्रक १  गरी  १५ वटा सवारी साधनका चालकहरू कारबाहीमा परेको जानकारी दिए ।

वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारी साधनलाई चेक गरेकोमा बढी धुँवा फ्याक्ने १५ सवारी फेला पारेको हो।

सवारी साधन मर्मतपछि तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने जनाएको छ।  

मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्याका साथै दुर्घटनाको जोखिम  बढ्ने भएकाले चेकजाँच गरी सवारी साधन चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर